महेन्द्रज्योतिका विद्यार्थीलाई जुत्ता तथा ब्याग वितरण

0
18

बिर्तामोड ।

बिर्तामोड नगरपालिका – १०,सैनिकबजारस्थित महेन्द्रज्योति माविका विद्यार्थीलाई जुत्ता र स्कूल ब्याग वितरण गरिएको छ।

विद्यालयमा आयोजित एक कार्यक्रमकाविच बिर्तामोड नेपाली जुत्ता घर र लायन्स क्लक अफ बिर्तामोड लेडिद्वारा क्रमशः नर्सरीदेखि कक्षा ५ सम्म अध्ययनरत १४६ जना विद्यार्थीलाई जुत्ता र ५० जनालाई ब्याग वितरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला,दाताहरु बिर्तामोड नेपाली जुत्ता घरका सञ्चालक, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा नेपाली जुत्ता उद्यमी समूहका निवर्तमान अध्यक्ष नानीराज घिमिरे,लायन्स क्लब अफ बिर्तामोड लेडिकी अध्यक्ष निरु उप्रेती ओलीलगायतले उक्त शैक्षिक सामाग्री वितरण गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि प्रसाईले विद्यार्थीको आवश्यकता बुझेर शैक्षिक सामाग्री प्रदान गर्ने दाताले पुण्यदायी काम गरेको भन्दै अरुले पनि यसतर्फ अग्रसर बन्नुपर्ने बताइन्। दाताहरु बिर्तामोड नेपाली जुत्ता घरका सञ्चालक घिमिरे र लायन्स क्लब अफ बिर्तामोड लेडिकी अध्यक्ष ओलीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत सानो भए पनि यथोचित सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै आगमी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षता तथा बिर्तामोड नगरपालिका प्रमुख प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक जयकुमार झाले स्वागतसहित धन्यवाद ज्ञापन गरेका थिए।

प्रतिदिन दैनिकका सम्पादक पत्रकार इन्द्रसिंह राजबंशीको संयोजन रहेको कार्यक्रममा नगरप्रमुख प्रसाईं,उपप्रमुख संग्रौला,बिर्तामोड नेपाली घरका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य घिमिरे,लायन्स क्लब अफ बिर्तामोड लेडिकी अध्यक्ष ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए।

लायन्स क्लब अफ बिर्तामोड लेडिका संस्थापक अध्यक्ष उर्मिला बिमली, बोर्ड अफ डाइरेक्टर सुनिता उप्रेती, अम्बिका मैनाली,नेपाली जुत्ता उद्यमी समूहका होमनाथ उपाध्यक्ष, हरिशचन्द्र चम्लागाईं, वडा सदस्य धनमाया श्रेष्ठ,विव्यस सदस्य किरण सुब्बालगायतको आतिथ्य रहेको कार्यक्रमको सञ्चालन शिक्षक बीरेन्द्र कडरियाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here