पुरस्कार वितरण कार्यक्रम बहिष्कार गरेको शनिश्चरे माविलाई कार्वाही

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–८ स्थित शनिश्चरे माध्यमिक विद्यालयलाई अर्जुनधारा–११स्थित महारानीगञ्ज माध्यमिक विद्यालय अन्र्तगतको बाल क्लबले कार्वाही गरेको छ ।

विद्यालयको ६६औं वार्षिकोत्सवको अवसरमा बाल क्लबको आयोजनामा गत माघ १५ गते सम्पन्न भएको प्रथम कृष्णप्रसाद डाँगी स्मृति अन्तर माध्यमिक विद्यालय नकआउट फुटबल प्रतियोगिताको फाइनलपछि आयोजित पुरस्कार वितरण कार्यक्रमलाई शनिश्चरे माविका खेलाडी र अफिसियलहरुले बहिष्कार गरेको भन्दै क्लबले कार्वाही गरेको हो ।

गत माघ १७ गते क्लबकी अध्यक्ष सूहानी राजवंशी र रेडक्रसका अध्यक्ष सौगात गिरीको अध्यक्षतामा सम्पन्न भएको संयुक्त बैठकले कार्वाहीको निर्णय गरेको हो । क्लबले गरेको उक्त निर्णय सम्बन्धित शनिश्चरे माविलाई गत माघ २३ गते जारी भएको जानकारी पत्रमार्फत् जानकारी गराएको छ ।

शनिश्चरे माविका प्रधानाध्यापकलाई सम्बोधन गरिएको उक्त जानकारी पत्रमा झापा जिल्ला फुटबल संघका अध्यक्ष र अर्जुनधारा नगरपालिका अन्र्तगत शिक्षा, युवा तथा खेलकुद विकास शाखाका प्रमुखलाई बोधार्थ गरिएको छ ।

यस प्रतियोगिताको समापन खेलमा शनिश्चरे माविका अफिसियल र खेलाडीहरुले पुरस्कार वितरण कार्यक्रम बहिष्कार गर्नुभएको हुँदा खेलको भावना, खेलको मर्यादा र प्रतियोगिता नियमावलीको गम्भिर उल्लंघन ठहर गर्दै त्यस विद्यालय(शनिश्चरे मावि)लाई आगामी वर्षहरुमा गरिने फुटबल प्रतियोगिताहरुमा तीन वर्ष सम्म सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरेका छौं भन्ने व्योहारा जानकारी पत्रमा उल्लेख गरिएको छ ।

झापा जिल्ला फुटबल संघबाट अनुमती र स्वीकृती लिई गत माघ २ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनलमा शनिश्चरे माविले प्रतियोगिताको नियम विपरीत खेलमा खेलाडी सहभागी गराएको पुष्टी भएपछि जितेको उपाधि गुमाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here