रास्वपा अर्जुनधारा–९ द्वारा रक्तदान कार्यक्रम सम्पन्न

0
9

अर्जुनधारा ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्जुनधारा–९ वडा समितिको आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रम पार्टीको सामाजिक क्रियाक्लाप अन्र्तगत सञ्चालन गरिएको वडा सभापति विजय कुँवरले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखाको संयोजन रहेको कार्यक्रममा १८ जना रक्तदाता सहभागी भएको बताइएको छ ।

पार्टीले आगामी दिनमा पनि यस किसिमको सामाजिक क्रियाक्लापहरुलाई निरन्तरता दिने सभापति कुँवरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here