अनिल थापा मगर नगर स्मृति कपको उपाधी रुविन फ्रेन्डस माईधारलाई 

0
12
विमल दहाल, इलाम  ।
इलामको माई नगरपालिका–२ चेप्टी सिमलेमा सञ्चालित अनिल थापा मगर नगर स्मृति कपको उपाधी रुविन फ्रेन्डस क्लव माईधारले हात पारेको छ ।
बुधबार सम्पन्न फाईनल खेलमा झापा सुरुङ्गाको दाउरे स्पोटिङ्ग क्लवलाई ० का बिरुद्ध ३ गोल गर्दै रुविन फ्रेन्डस क्लव माईधारले उपाधी चुमेको हो । बिजयी टीमले नगद २५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने उपबिजयी दाउरे स्पोटिङ्ग क्लवले नगद १५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
 बिजयी तथा उपबिजयी टिमलाई माई नगरपालिका मेयर खम्वा सिंह लिम्बु, वडा अध्यक्ष उर्द बहादुर राई र अनिल थापाका परिवारले नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गर्नुभएको थियो । गत  माघ २१ गतेबाट सञ्चालित अनिल थापा मगर स्मृती कपमा झापा र इलामका १२ टीमको सहभागित रहेको थियो ।
फुटवल खेलाडी समेत रहेका अनिल थापा रोजगारीका शिलशिलामा गत श्रावण २६ गते कतारमा मोटर साईकल दुर्घटनामा २६ बर्षको उमेरमा निधन भएका थिए । थापाकै स्मृतीमा उनका बुवा नर बहादुर, आमा छत्रकुमारी र श्रीमती युनिसा थापा मगरले खेलको आयोजना तथा ब्यवस्थापन गर्नुभएको हो । समापन कार्यक्रममा माई नगरपालिका मेयर लिम्बुले अनिल थापाको स्मृतीमा सञ्चालित खेललाई नगरको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
मेयर लिम्बुले खेलाडीको सम्मानका लागि सिमले क्षेत्रमा फुटवल खेलमैदान बनाउन समेत नगरले पहल गर्ने बताँउनु भयो । अनिल स्मृती कप अन्र्तगत बुधबारनै आयोजक र शुक्रबारे बिच मैत्रीपुर्ण महिला फुटवल सम्पन्न भएको छ ।
मैत्रिपूर्ण प्रतियोगितामा आयोजक ० का बिरुद्ध १ गोल गर्दै बिजयी बनेका छ । यता तेकवान्दोे खेलका बिभिन्न बिधा समेत प्रदर्शन गरिएको प्रशिक्षक होम दुलालले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here