देवभूमि विद्यापीठको १७औं वार्षिकोत्सव सम्पन्न

0
10

अर्जुनधारा ।

झापाको अर्जुनधारा–५ स्थित देवभूमि विद्यापीठ अङग्रेजी आवासिय विद्यालयको १७औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन शर्मा जम्मरकट्टेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि वडाध्यक्ष गीताराज खड्का “हरि”ले उद्घाटन गरेका थिए ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले गीत, नृत्य, रायम्स, सांस्कृतिक फेशन सो, कविता आदि प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावकद्वय माया खतिवडा र मिलनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक सरोज पौडेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यार्थीद्वय प्रज्वल सँग्रौला र विनिता आचार्यले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here