विमल दहाल, मंगलबारे ।
माई नगरपालिका इलामले प्रथम देउमाई कपको उपाधि चुमेको छ। देउमाई नगरपालिका स्थित मंगलबारेको छात्रावास खेलमैदानमा शनिवार सम्पन्न फाईनल खेलमा माई नगरपालिकाले चुलाचुली गाँउपालिकालाई २–१ गोल अन्तरको जित निकाल्दै उपाधी हात पारेको हो ।
माईको जितमा जर्सी नम्बर १५ का हरी मगरले दुईवटै गोल गरेका थिए भने चुलाचुलीका तर्फबाट जर्सी नम्बर ११ का गेल्सन कन्दङ्वाले एक मात्र सान्त्वना गोल फर्काएका थिए । विजयी भए संगै माई नगरपालिकाले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता चुलाचुली गाँउपालिकाले नगद १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको मेन अफ दि म्याच माईका जर्सी नम्बर ११ का हरि मगर घोषित भए। त्यस्तै वेष्ट डिफेन्डर माईकै जर्सी नम्बर ८ का सुदिप आले मगर, वेष्ट मिड फिल्डर माईका जर्सी नम्बर ६ का मान बहादुर आले मगर, उत्कृष्ट गोल रक्षाक माईका जर्सी नम्बर १ का केशब दनुवार र हाई स्कोरर सन्दकपुरका जर्सी नम्बर १९ का सुमन खवास र प्ले अफ द टुनामेन्ट चुलाचुलीका आषीस लावती घोषित भएका थिए। बिजयी तथा उपबिजयी टिमलाई देउमाई नगरपालिका मेयर सुर्यप्रसाद पोख्रेलले नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र बितरण गर्नुभएको थियो ।
गत माघ २२ गतेबाट सञ्चालित प्रथम अन्तरपालिका देउमाई कपमा इलामका १० र पाँचथरको फागुनन्द गाँउपालिका सहित ११ टीमको सहभागित रहेको आयोजक देउमाई नगरपालिकाले जनाएको छ ।
यता खेल मैदानमै उपस्थित भई खेलाडीलाई वधाई दिनु भएका माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले विजयी टिमका खेलाडीलाई माघ १९ गते माई नगरपालिकाको तर्फबाट सम्मान गरिने जानकारी दिनुभयो।