शहीद प्रजापति स्मृति प्रतिष्ठानद्वारा झापामा जनवादी गीति कार्यक्रम

0
20

बिर्तामोड ।

शहीद प्रजापति स्मृति प्रतिष्ठान झापाले जनवादी गायक राजन राईको एकल सांगितीका प्रंस्तुतीसहितको जनवादी गीति कार्यक्रम गर्ने भएको छ ।

झापामै पहिलोपटक वृहत जनवादी गीति कार्यक्रमको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । आइतबार झापाको बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै फागुन २१ गते आयोजना गरिने कार्यक्रममा जनवादी गायक राजन राईका गीतहरु प्रस्तुत हुने बताइएको छ ।

जनवादी गीत संगीतको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने, प्रजापति सापकोटालाई सहिद घोषणा गर्न दबाब दिने, जनवादी कलाकारहरुको मान, सम्मान र महत्वलाई उजागर गर्ने, संस्थाको संरक्षण, दिगो विकास गर्ने, संस्थामा आवश्यक भौतिक व्यवस्थाको प्रबन्ध गर्ने जस्ता उद्देश्य कार्यक्रमको रहेको अध्यक्ष सापकोटाले बताए ।

तत्कालीन पञ्चायती व्यवस्थाविरुद्ध गाइएका सदावहार जनवादी गीतहरु प्रस्तुत गरिने बताइएको छ । त्यस्तै, प्रतिष्ठानका जग्गादाता तथा घटनाका समकक्षीहरुलाई सम्मान गरिने र प्रतिष्ठानको साधारण सदस्य, आजिवन सदस्य, मानार्थ सदस्यको सदस्यताहरु वितरण गरिने आयोजकले जानकारी दिएको छ ।

तीन लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रममा कम्युनिष्ट नेताहरुलााई आमन्त्रण गरिएको बताइएको छ । २०४३ सालमा तात्कालीन कम्युनिष्ट पार्टीको निर्देशनमा अगुवा कम्युनिष्ट कार्यकर्ताहरुको अगुवाईमा जनवादी गीत संगीतका साथ खेलिएको देउसी भैलो घर दैलो कार्यक्रममा विपक्षीहरुको आक्रमणबाट घाइते भएको कम्युनिष्ट कार्यकर्ता प्रजापति सापकोटाको केही दिनपछि मृत्यु भएको थियो ।

प्रतिष्ठानको नाममा हल्दिबारी १ गोलधाप निवासी स्व। डुकमाया ढकालबाट दुई कठ्ठा जग्गा प्राप्त भएको तथा विभिन्न दाता एवम् ऋण सापटी समेत गरेर थप दुई कठ्ठा जग्गा खरिद गरी कूल ०–०४–० कठ्ठा जग्गा रहेको प्रतिष्ठानले जनाएको छ । हाल प्रतिष्ठानको भौतिकरुपमा एक कोठाको भवन निर्माण भइ प्रयोग भइरहेको अनिल सापकोटाले बताए ।

फागुन २१ जनवादी गायक राजन राईले सहिद प्रजापति स्मृति प्रतिष्ठानले गर्न लागेको बृहत जनवादी गीति कार्यक्रममा आउने र जनवादी गीत संगितलाई माया गर्ने सबै जनालाई उपस्थितिका लागि आह्वान गरिएको छ । पत्रकार सम्मेलनमा देउसी भैलो घर दैलो कार्यक्रममा भएको आक्रमणका विषयमा भुपाल शिवाकोटीले बताएका थिए । उनी उक्त समयमा देउसी भैलो टोलीको संयोजक रहेको बताइएको छ । पत्रकार सम्मेलनमा सनलााइट म्युजिक स्टुडियो बिर्तामोडले सांगीतिक ब्यवस्थापन गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा गायक राजन राईको पनि उपस्थिती रहेको थियो । गायक राईले कान थापेर सनि देउ बहिनी, रितीथिती बिग्रेर गईसक्यो,शिरैमा मेरो शिरैको टोपी, काँधैमा गल्बन्दी, जोबन यसै ढल्कनै लाग्यो केही गरौ सँगिनी, ‘ तारा खस्यौली, माया रुदै बस्यौली, फूलै र फूल्यो दुई थुंगा लर्केर,‘ ए कोशि दोभान, ख्यालख्यालैमा गयो जोभान ९देउमाई किनार०, क्षितिजै पारी त्यो गाँउ मेरो डाँडैले छेकेको, प्रवासी जीवन विताउनु मैले दुष्टको खेलै हो,‘ हाँसखेल गर्दैमा छुट्टिने बेलै भो ख्यालख्यालैमा लगायतका जनवाादीहरु गाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here