सुरुङ्गामा कला, संस्कृति तथा साहित्य महोत्सव

२९ माघ २०८०, सोमबार मा प्रकाशित

सन् १९०५, फेब्रुअरी २३ मा पल ह्यारिसद्वारा परिकल्पना र स्थापना भएको रोटरी क्लब अफ सिकागो आजको रोटरी क्लब इन्टरनेशनल हो जससँग हाल ४६ हजार क्लबमा १४ लाख सदस्य आबद्ध रहेका छन् र यस संस्थाको मूल उद्देश्य आत्मसात गरी आफू र आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर मानवसेवामा समर्पित हुन प्रयत्न गरिरहेका सुरूङ्गाका युवा तथा युवा वय भर्खरै पार गरेका व्यक्तिहरू सुरूङ्गाको मौलिकतामा भाषा साहित्यको विकासको निम्ति पनि समर्पित हुने अभिलाषाले यो कार्यक्रमको थालनीमा अग्रसर भएका छन् । शान्ति प्रवद्र्धन गर्ने, रोगसँग लड्ने, सफा पानी र सरसफाईको व्यवस्था गर्ने, आमा र बच्चाहरूलाई बचाउने, शिक्षा र स्थानीय अर्थव्यवस्था प्रबद्र्धन गर्ने र वातावरण संरक्षण गर्ने रोटरीका मूल उद्देश्य हुन् । कनकाई सुरुङ्गा सचेत आम देशवासीका लागि नौलो नाम होइन । यसको ओज मुलुकभर मै स्थापित छ ।

झापा जिल्लाको मध्यभाग भएर बहने पवित्र कन्काई नदीको पूर्वी किनारमा अवस्थित बन्दमुक्त शान्ति क्षेत्रको अत्युच्च गरिमासहित स्थापित सुरूङ्गा नगरीमा नेतृत्व विकास, व्यक्तित्व विकास र मानव सेवालाई मूल मर्म बनाएर क्रियाशील रोटरी क्लब अफ सुरूङ्गाको मुख्य आयोजनामा आउँदो फागुन १४, १५ र १६ गते कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव हुने तय भएको छ । रोटरी अन्तर्राष्ट्रिय संस्था हो, तर यसको स्थानीय प्रभाव यति प्रभावकारी छ कि आम दुःखी, पीडित जनसमुदायका लागि समाजसेवाको मशाल बोकेर यो संस्था अग्रणी यात्रामा छ । रोटरियनको लागि कुनै पनि चुनौति ठूलो छैन र उनीहरूले एक शताब्दी अघिदेखि विश्वका महाद्विपहरूलाई जोडेका छन् ।

शान्ति स्थापना गर्न, निरक्षरता र गरिबीसँग लड्न, मानिसहरूलाई सफा पानी र सरसफाइमा पहुँच प्राप्त गर्न मद्दत गर्न र रोगसँग लड्न सक्षम बनाउन सदैव रोटरियनहरू विश्वव्यापी रूपमा समर्पित भावका साथ क्रियाशील छन् । झापा जिल्लाका १५ वटा स्थानीय पालिकाहरू मध्ये झापा जिल्लाको लगभग बीच भागमा अवस्थित बन्द निषेधित क्षेत्र कनकाई नगरपालिका बौद्धिक तप्काको केन्द्रीकरण भएको नगर हो । सामाजिक तथा राजनीतिक रूपान्तरणका लागि सदैव अग्रगामी चेतनाले लैस भएर लोकतन्त्र, मानवअधिकार र वाक स्वतन्त्रताको पक्षमा अत्यन्तै प्रतिकूल ऐतिहासिक क्षणमा चट्टानी अडानसहित उभिने कनकाई सुरुङ्गामा एक ऐतिहासिक, अभूतपूर्व र सुरुङ्गाको गरिमालाई अझ उचाइमा पु¥याउन महोत्सव आयोजना गरिनु अवश्यमेय स्वागतयोग्य कर्म हो ।

कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको परिकल्पना स्तुत्य छ । समुद्र सतहदेखि तीन सय मटिर उचाइमा अवस्थित लगभग ६० हजार जनसंख्या रहेको ७९.१ वर्ग किलोमिटरमा फैलिएको कनकाई नगर भौगोलिक दृष्टिले मात्र नभएर सामाजिक सुसंस्कृति, चेतना, धार्मिक पर्यटन, प्राकृतिक सुन्दरता, शैक्षिक जागरण इत्यादि धेरै दृष्टिले झापाको केन्द्रमा पर्दछ । यायावरी जीवन व्यतित गर्ने नेपाली कला, संस्कृति, पुरातŒव र इतिहासका मूर्धन्य व्यक्तित्व राष्ट्रगुरु योगी नरहरिनाथको पहल र समुपस्थितिमा २०४२ सालमा भएको कोटीहवन, बालयोगी आदित्यको निर्देशनमा २०८० सालमा भएको विश्व शान्ति विराट महायज्ञ महाअनुष्ठान इत्यादिले पवित्र भएको कनकाई नगर मठ, मन्दिर, मस्जिद, गुम्बा, थान, गिर्जाघर इत्यादि सबैले धार्मिक सहिष्णुताको सन्देश दिइरहेका छन् ।

जगन पाँडेको भत्केको दरबार, झन्डेचुली, दोमुखा, जामुनखाडी सिमसार क्षेत्र, कनकाईधाम धार्मिक विकास संस्था कोटीहोम, कनकाई नदी, सेल्फीडाँडा, बीपी वन वाटिका, कोच राजवंशी सङ्ग्रहालय घैलाडुब्बा, कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा कम्पनी स्थल, कोटीहवन क्षेत्र, धनुषकोटीधाम क्षेत्र इत्यादिले प्राकृतिक पर्यटन र धार्मिक पर्यटन विकासको आधारशिला तयार गरेका छन् । यसले होटल व्यवसाय, पार्टी प्यालेस, रिसोर्टहरूको विकासको मार्गप्रशस्त गरेको छ । कनकाई नगरपालिका विपुल सम्भावना बोकको नगर हो । कृषि, शिक्षा, पर्यटनको दृष्टिकोणले हेर्ने हो भने यो नगर अगाडि छ ।
बाल विकास, मदरसा, वेदविद्यालय, संस्थागत, सामुदायिक विद्यालय तथा कलेजहरू गरी चार दर्जन शिक्षालयमा निरन्तर शैक्षिक विकासको प्रयत्न भैरहेको छ र शैक्षिक गन्तव्यको अवधारणा प्रकाशित गरिएको छ । नृत्य, सङ्गीत, कलाकेन्द्रको स्थापना भएर कला र कलाकारिताको विकास हुन थालेको छ । राजनीति चेतनाको दृष्टिले समेत उच्च स्थानमा रहेको सुरूङ्गाले पछिल्लो समयमा बन्द निषेधित शान्ति क्षेत्रको पहिचान बनाएको छ । कनकाई प्रतिभा प्रतिष्ठान, कनकाई कला साहित्य समाज, गोकुल साहित्य प्रतिष्ठान र अध्ययन तथा साहित्य सृजनाको निम्ति गठित विभिन्न संस्था तथा क्लबहरूले सङ्गठित रूपले र सयौँ व्यक्तित्वहरूद्वारा व्यक्तिगत तरिकाले समेत कला, सङ्गीत, भाषा र साहित्य विकासको निम्ति स्वतन्त्र प्रयत्न भएका छन् र सबै स्रष्टाहरूको साझा आधिकारिक संस्थाका रूपमा कनकाई प्रज्ञा प्रतिष्ठान निर्माणको पूर्वाधार तयार भइरहेको छ । यी सबै यथार्थलाई मध्यनजर गरेर भाषा, कला, संस्कृति र राष्ट्रियताको जगेर्नाका निम्ति साहित्य, कला र संस्कृतिको माध्यमबाट निरन्तर प्रयत्न गर्ने उद्देश्य राखेर पहिलो पटक हुन लागेको कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको अति विशिष्ट महत्त्व रहेको छ । शिक्षा, समाजसेवा, राजनीति, खेलकुद, वाणिज्य, व्यापारलगायतका विविध विधा र क्षेत्रमा रहेका विभिन्न संघ–संस्थाको सफल नेतृत्व गरिसकेका व्यक्तित्वहरूको सबल नेतृत्व रहेको रोटरी क्लब अफ सुरुङ्गाको अगुवाइमा हुने यो महोत्सव कनकाई नगरको विकासमा लागि कोशेढुंगा सावित हुने छ ।

सचेत र जागरुक नागरिकको परिकल्पना र अग्रसरतामा कार्यक्रमको आयोजना गरिएको कारण यो महोत्सव सफल हुने छ । महोत्सवमा देशका साहित्यकारहरू जमघट हुने कला, साहित्य, संगीत, सिनेमा, नृत्य, पत्रकारिता, पर्यटन, राजनीति लगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्नेछ । स्थानीय कला संस्कृतिको समेत जगेर्ना गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्रष्टा सम्मान, कृति विमोचन, साङ्गीतिक कार्यक्रम, पुस्तक प्रदर्शनी, फोटो प्रदर्शनी, चित्रकला प्रदर्शनी तथा पुस्तकालय स्थापनाका लागि पुस्तक दान आदि हुने आयोजकले जानकारी दिएको छ ।

क्रियट होप इन् द वल्र्ड अर्थात् संसारमा सदैव आशाको सञ्चार गर्नुपर्छ भन्ने रोटरी मार्गनिर्देशनलाई आत्मसात गरेर निराशाले छोपेको आजको असमानता, अभाव, अशान्ति र असहजताले अन्धकार बनाउँदै लगेको प्रतिकूलताको माझबाट गुज्रिरहेको समाजमा आशाको दियो बाल्न प्रयत्न गरिरहने मध्येमा हामी पनि छौँ । वर्तमान परिप्रेक्षमा निराशामाथि टेकेर भए पनि आशलाग्दो उज्यालोको ब्याख्या साहित्य र कलाका माध्यमबाट गरियो भने श्रुतियोग्य, मननयोग्य र अनुसरणयोग्य हुन्छ भन्ने विश्वासले कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव आयोजन गर्ने आत्मबलको जोहो भएको आयोजकको भनाइ छ ।
महोत्सवका उद्देश्य सुस्पष्ट, प्रभावकारी र समाजोपयोगी छन् । कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको आयोजना स्थानीय कलाकारलाई आफ्नो कला र कलाकारिता प्रदर्शन गर्न कला प्रदर्शनी मार्फत अवसर प्रदान गर्ने, झापा जिल्लाका विद्यालय, विद्यार्थीलाई पाठ्य र सन्दर्भ सामग्रीको छनौट गर्न, प्रकाशक र लेखकहरूलाई आफ्नो प्रकाशनको विज्ञापन गर्न पुस्तक प्रदर्शनी मार्फत अवसर प्रदान गर्ने, प्राथमिक तहका विद्यार्थीलाई अभिप्रेरित गर्न छन्द कविता वाचनको अवसर प्रदान गर्ने लगायत रहेका छन् ।

नगरभित्रका आधारभूत तथा माध्यमिक तहका विद्यार्थीलाई साहित्यतर्फ अभिप्रेरित गर्न कविता लेखन प्रशिक्षणमा सहभागी गराउने, विद्यालयका शिक्षक तथा स्नातक–स्नातकोत्तर तहका इच्छुक विद्यार्थीहरूलाई कविता लेखन प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी गराउने, स्थानीय साहित्यकारहरूलाई रचना प्रस्तुत गर्न अवसर प्रदान गर्ने, झापा जिल्लाका साहित्यकारहरू द्वारालाई रचना प्रस्तुत गर्ने, राष्ट्रिय स्तरमा ख्याति प्राप्त साहित्यकारहरूका विचार र रचना श्रवण गर्ने अवसर प्रदान गर्ने महोत्सवका उद्देश्य छन् ।

स्थानीय जनजातिको झाँकी तथा भेषभूषा शान्ति ¥याली मार्फत प्रस्तुत गर्ने, स्थानीय कलाकारहरूलाई विभिन्न जातजातिको सांस्कृतिक नृत्य प्रस्तुत गर्ने अवसर प्रदान गर्ने, ख्याति प्राप्त कलाकारहरू मार्फत साहित्यको हास्यव्यङ्ग्य विधा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने, दाताहरूलाई आफूले अध्ययन गरिसकेका पुस्तकहरू स्थानीय विद्यालय अथवा कलेज तहको पुस्तकालयमा हस्तान्तरण गर्ने लगायतका उद्देश्य किटान गरिएका छन् । कला र साहित्यलाई समाजसँग जोड्ने र असल संस्कृतिको जगेर्ना र विकास गर्ने यो महोत्सवको मूल उद्देश्य रहेको छ । महोत्सव अवधिभर विभिन्न साहित्यकार तथा आख्यानकारको संवाद, कार्यपत्र प्रस्तुति, टिप्पणी, अनुभव विनिमय, सिकाइ साटासाट लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । कला, संस्कृति, पर्यटन, इतिहास, दर्शन, सम्पदा र सामाजिक विकासका समग्र पक्षबारे हुने बहस र छलफलले कनकाई सुरुङ्गा क्षेत्रको गरिमा माथि उठ्नेछ ।

महोत्सवले कनकाई नगरलाई साहित्य, कला र सांस्कृतिक जागरणतर्फ अभिमुख गराउँदै प्रदेशको महत्त्वपूर्ण सहरका रूपमा पहिचान दिलाउने विश्वास गर्न सकिन्छ । यो महोत्सवले यस नगरका आम विद्यार्थी, शिक्षक, प्राध्यापक, पत्रकार, व्यापारी, व्यवसायी, राजनीतिकर्मी, अभियन्ता, समाजसेवी, साहित्यकर्मी, सहकारीकर्मी सबैमा एउटा जागरण ल्याउने छ । यसको प्रभाव लामो समयसम्म तरंगित हुनेछ । मौलिक सांस्कृतिक परम्पराका रूपमा स्थापित लोकनृत्यहरूलाई उजागर गरी राष्ट्रिय परिचय दिलाउने, यस क्षेत्रका मूल्यमान्यता, संस्कार र संस्कृति जस्ता सांस्कृतिक सम्पदाको महत्त्व स्थापित गरी राष्ट्रव्यापीरूपमा प्रचारप्रसार गर्ने जस्ता उद्देश्य सफलीभूत हुनेमा पूर्ण विश्वास गर्न सकिन्छ ।

जागरणको विगुल फुक्ने सुरुङ्गा, सामाजिक रूपान्तरणको शद्घोष गर्ने सुरुङ्गा यो महोत्सव सामान्य महोत्सव होइन, यसको झन्झनाहट र तरङ्ग दशकौंसम्म रहिरहने छ । यसले वर्तमान पुस्तालाई मात्र होइन, भावी पुस्तालाई पनि मार्गनिर्देशन गर्नेछ भन्ने विश्वास गर्न सकिन्छ । भौतिक विकासलाई मात्र विकास देख्ने दृष्टिकोणले शासन गरिरहेको हाम्रा मस्तिष्कलाई पनि शिक्षा, स्वास्थ्य र मानवीय पक्षमा गरिने लगानी पनि विकासमै गरिएको लगानी हो भन्ने सच्चाइलाई आत्मसात गर्न सरोकारवाला सबैलाई प्रेरित गर्नेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here