शुभतारा एजुकेशन फाउण्डेशनको १५ औं वार्षिकोत्सव सम्पन्न

0
11

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० बुद्धचोकस्थित शुभतारा एजुकेशन फाउण्डेशनको १५औं वार्षिकोत्सव मंगलबार सम्पन्न भएको छ ।

विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल हुमागाईंको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासिय विद्यालय संगठन(प्याब्सन) कोशी प्रदेशका सल्लाहकार मिलनकुमार ढुंगानाले उद्घाटन गरेका थिए ।

विद्यालयकी छात्रा कृतिका भण्डारीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, फेशन शो, रायम्स, कविता, निबन्ध आदि प्रस्तुत गरेका थिए । त्यस्तै विद्यालयमा हालै सम्पन्न भएको विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो ।

सोही कार्यक्रमको अवसरमा शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउन सफल सामाजिक व्यक्तित्व स्थानीय मीना श्रेष्ठलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको बताइएको छ ।

कार्यक्रममा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वार्षिकोत्सव अन्र्तगत औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कुमार रायाले र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरु कृतिका भण्डारी, विश्वराच आचार्यलगायतले गरेका थिए ।

विद्यालयले भोलि(बुधबार) सरस्वती पूजाको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको संस्थापक रायाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here