पशुपति मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा नित्यानन्द

0
8

बिर्तामोड ।

झापा मेचीनगर –४ स्थित पशुपति माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको अध्यक्षमा नित्यानन्द चम्लागांई चयन भएका छन्।

गत माघ २५ गते विद्यालयको स्थापना दिवसको अवसरमा आयोजित पूर्वविद्यार्थी समाजको भेलाले दुई वर्षे कार्यकालको लागि चम्लागांईलाई अध्यक्ष चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा केवल निरौला, सचिव डिल्लीराज भारती, कोषाध्यक्षमा मुना चम्लागाँई, र सह सचिवमा सीमा आचार्यलाई चयन गरिएको छ।

यस्तै समितिको सदस्यहरूमा शिशिर चम्लागांई ,समीर राई, पवन बराइली र प्रतीक्षा चम्लागांई भएका छन्। यसैगरी नवगठित समितिले पूर्व जनप्रतिनिधि बिनोद रञ्जितकार, समाजका संस्थापक अध्यक्ष स्वस्तिका आचार्य र निवर्तमान अध्यक्ष रविचन्द्र नेपाललाई सल्लाहकार मनोनित गरेको छ।

विद्यालयलाई रचनात्मक सहयोग गर्ने उद्देश्यका साथ २०६९ सालमा स्थापित पूर्व विद्यार्थी समाजले विद्यार्थी र विद्यालयको स्तरोन्नतिको लागि विभिन्न कार्यक्रमहरू गर्दै आएकोमा विद्यालयका प्रधााध्यापक लक्ष्मण प्रधानले धन्यवाद ज्ञापन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here