शक्तिशाली बन्नुछ भने भ्रष्ट नै हुनु पर्छ

४ फाल्गुन २०८०, शुक्रबार मा प्रकाशित

पाठकलाई लाग्न सक्छ । भ्रष्ट भएर पनि कतै शक्तिशाली भइन्छ ? छेउ न टुप्पोको कुरा । भ्रष्टाचारी कता शक्तिशाली बन्ने ? प्रश्न उठ्न सक्छ । प्रश्न उठाउन पनि पाइन्छ । सिर्जना गर्नेले सोच्नु पनि पर्दछ । शीर्षक नमिलेकै पो हो कि ? शीर्षक कै कारणले ताली खानेभन्दा पनि गाली पो खाने हो कि ? स्पष्ट हुन बाँकी नै छ । बुझपचाएरै भए पनि, गाली खाएरै भए पनि अन्ततः शीर्षकको न्वारान त गर्नै प¥र्याे । गरियो पनि । नाम जुरयो ‘शक्तिशाली बन्नु छ भने भ्रष्ट नै हुनुपर्छ ।’

राजनीतिक दृष्टिकोणले खास गरी हाम्रो पिँडीले तीन वटा कालखण्डलाई नजिकबाट अनुभव गर्ने अवसर पायांै । पहिलो कालखण्ड थियो– ‘एकात्मक शासन व्यवस्था ।’ त्यो थियो, ‘पञ्चायती व्यवस्था ।’ जसको मूल खाँबो भनेको, ‘सक्रिय राजतन्त्र ।’ देशको सम्प्रभूता अर्थात् सार्वभौमिकता श्री ५ मा निहित भएको शासन व्यवस्था थियो । हामीले त्यही पढ्यौं । लेख्यौं । देख्यौं । अनुभव पनि ग¥यौं ।

दोस्रो कालखण्ड थियो– ‘बहुदलीय प्रजातान्त्रिक व्यवस्था ।’ सार्वभौमिक राजाको हैसियत संवैैधानिक राजतन्त्रमा परिणत भएको शासन व्यवस्था थियो । संवैधानिक राजतन्त्रसहित सार्वभौमिकता जनतामा निहित हुन पुगेको राज्य व्यवस्था थियो । राजा पनि संविधानभित्र बस्न बाध्य भए । बसे पनि । सदियौंदेखि जञ्जिरमा बाँधिएका जनता । आफू लामो समयपछि खुल्ला परिवेशमा आएको अनुभव गरे । जनताले राजालाई, श्रीपेज सिंहासनमा राखी चुनाव लडन आउ भन्नेसम्मको हाँक दिएको थियो । मौसुफ सरकार, आइस्योस्, गइस्योस्, बक्स्योस्, ज्यूनारायाण गरिबक्सियोस् भन्ने सम्बोधनमा बानी परेका हामी । त्यस प्रकारका चुनौती दिँदा जिब्रो नै समातिन्छ कि जस्तो लाग्थ्यो । तर, होइन रहेछ । त्यो त स्वभाविक रहेछ । सहज नै पो रहेछ । प्रजातान्त्रिक शासन व्यवस्थामा भन्ने ठानियो ।

तेस्रो कालखण्ड थियो गणतान्त्रिक संघीय प्रणालीको शासन व्यवस्था । जो आज छ । राजतन्त्र बिनाको शासन व्यवस्था । पूर्णरुपमा जनता आफैले निर्माण गरेको संविधान र सो अनुरुपको राज्य संरचनाको शासन व्यवस्था । आजका मितिसम्म आइपुग्दा हामी यही शासन व्यवस्थाभित्र रमाइरहेका छौं । पूर्ण स्वतन्त्रताको अनुभव गरिरहेका छौं । हामी रैतीबाट प्रजा भएका छौं । हिजो हामी एउटा राजाका रैती थियौं । आज धेरै राजाका प्रजा भएका छौं । फरक यति छ, रैतीबाट आज हामी प्रजा भए छौं । शाह वंशीय राजाको रैतीबाट छोटे राजाको कार्यकर्ता भएका छौं ।

पञ्चायत कालमा विशेषगरी राजाप्रति आस्था राख्नेहरु, राजाको नजिकमा रहने, सम्पन्न र थोरबहुत भए पनि । कमसेकम किसानका प्रतिनिधिहरु पनि । राष्ट्रिय राजनीतिको मूलधार वा नेतृत्व तहमा पुगेका हुन्थे । नीतिनिर्माणको जिम्मेवारी पाउँथे । राज्य सञ्चालनमा राजालाई विश्वासमा लिन्थे । बिरोधीलाई अन्तर्राष्ट्रिय तत्वको पगरी गुथाएर पाखा लगाउँथे । राजाको कृपा पात्र बनेर । राज्य सञ्चालनको नीति बनाउँथे । सो अनुरुप कार्यान्वयन गर्दथे । गाउँ, ठाउँ र समाजमा गएर । राज्य शत्ताको उपयोगमा आफ्नो दबदबा यिनीहरुले बढाउँथे । बढाइ पनि रहन्थे ।

बहुदलीय प्रजातान्त्रिककालमा विशेषगरी प्राध्यापक, शिक्षक, कानून व्यवसायीका साथै बौद्धिक पक्ष समेत नेतृत्व तहमा पुगेका थिए । उनीहरु विशेषगरी बुद्धिजीवि थिए । बुद्धिजीवि भएकै नाताले आफू अनुकूल नीति बनाउँथे । कार्यान्वयन गर्न भने हिचकिचाउँथे । नीति बनाउने तर कार्यान्वयन गर्न पछि सर्ने ।त्यसैले उनीहरु तत्कालीन सरकारका किचन क्याविनेटमा पस्दथे । कारण राज्य सञ्चालन किचन क्याविनेटबाट हुन्थ्यो । डाडुपन्यू हातमा लिन्थे । जता मोह उतै डाडुपन्यू घुमाउँदै भाग लगाइदिन्थे । मोहभित्र नपरेकाहरु रातोपिरो र नजरशर्मी हुँदै रित्तो हात फर्कन्थे । गाउँ, घर, समाजमा आएर थच्चिन्थे । नेताहरु डाडापारी नै बस्दथे । जनता डाँडावारी । जब चुनाव आउँछ । लाजै नमानी फेरि गाउँघर नै फर्कन्थे । डाँडावारी पाल टाँगेर बस्तथे । चुनाव सम्पन्न नहुइञ्जेलसम्म ।

राजतन्त्रलाई फाल्दै गर्दा अर्थात् संघीयताको घोषणा हुँदै गर्दा जनादेशको आदेश लिने पृष्ठभूमिमा चुनावै लड्नु नै परेन । जनआन्दोलनका कमाण्डरहरु सोझै सांसद भवनमा प्रवेश गरे । तर, पनि यो कालको महत्वपूर्ण पक्ष भनेको गणतन्त्रको घोषणा भयो । सार्वभौमिमकता जनतामा आयो । संविधान सभाको चुनाव भयो । जनताका प्रतिनिधिले संविधान निर्माण गर्ने अवसर पाए । समानुपातिक प्रतिनिधिको व्यवस्थाले निरन्तरता पायो । यस व्यवस्थाकोे राम्रो पक्ष भनेको अति विपन्न र पिछडिएको वर्ग पनि राष्ट्रिय राजनीतिको मूलधारमा आए । नेतृत्व तहमा पुग्न सफल भए । उनीहरुको प्रतिनिधित्व नाम मात्रको रह्यो । बोलबाला र अधिपति भने उनै राजनीतिक दलका कमाण्डर भए । उद्योगपति र व्यापारी भए । ठूला–ठूला घरनाका ठेकेदार र बिचौलिया भए । अझ राष्ट्रिय सभा जसलाई माथिल्लो सदन भनिन्थ्यो । जहाँ क्रमिक रुपमा चुनावमा जनताले अस्वीकार गरेका जननेताहरुलाई संरक्षण गर्ने थलो बनाउन थालियो । यी र यस्तै अनेकौ क्रियाकलापले माथि उल्लेख गरे झैं राज्यशक्ति पनि भ्रष्ट हुन पुग्यो । फलस्वरुप सरकार, पार्टी र नागरिक समाज कमजोर बन्न पुगे । पद्दति पनि गुम्यो । शाख पनि गि¥यो । बाटो बिराएको बटुवा जस्तो राज्यको शक्ति नै क्षीण हुन पुग्यो ।

जब–जब राज्य सत्ता कमजोर बन्न पुग्छ । तब–तब भ्रष्ट, अनैतिक, पतित, बिचौलिया, दुई नम्बरी आदि जस्ता भूइँ फुट्टाहरु मौलाउन थाल्छन् । राज्यका प्रत्येक अङ्गमा यिनीहरुको पकड रहन पुग्छ । यसपछिको अवस्था भनेको भ्रष्ट व्यक्तिहरु राज्यशक्तिको बुइँ चढ्न पुग्छन् । राज्यभन्दा भूइँफुट्टा शक्तिशाली बन्छन् । परिणाम जनमानसमा शक्तिशाली बन्न । भुइँ फुट्टा नै बन्नु पर्ने रहेछ । यसका लागि भ्रष्टचार नै गर्नुपर्ने रहेछ भन्ने कुराले राज्यव्यवस्थाका नीतिनियम तथा ऐन कानूनको धज्जी उडाउन थालिन्छ । भयो पनि त्यही । यिनै विषयवस्तु नै केन्द्रविन्दुमा रहेर काम गर्दो रहेछ ।

हाम्रा पूर्वज जसले राणा शासनबिरुद्ध आन्दोलन गरे । उनीहरुकोे मुख्य उद्देश्य भनेको निरंकुशताको जरा उखेल्नु थियो । नागरिकले स्वतन्त्रत भएको आभास पाउनु थियो । प्रजातन्त्रको समर्थनमा थियो । यसपछि २०४६ को आन्दोलनको उद्देश्य पनि निदर्लियताको बिरुद्धमा थियो । लाग्छ २००७ साल र २०४६ साल दुबै आन्दोलको स्वरुप र समय फरक भए पनि उद्देश्यको तारतम्य र सार एउटै थियो । त्यसैले २००७ सालको आन्दोलनलाई प्रजातन्त्रको आन्दोलन र २०४६ को आन्दोलनलाई प्रजातन्त्रको पुर्नः प्राप्तीको आन्दोलन भनियो ।

शब्दशब्द जोडेर नै इतिहास बन्दछ । तर, यो सानो लेखमा शीर्षकले संकेत गरे जस्तो सबै विषयवस्तुको उत्थान र व्याख्या हुन सक्दैन । पृष्ठभूमिले निर्देश गरे झैँ । सबै कुरा यस लेखमा अटाउन सकिँदैन । सम्भव पनि छैन । आजका दिनमा नेताहरुले बनाइदिएको फ्रेममा आप्mनो आकृति अटाउनु हाम्रो बाध्यता छ । कारण आज हामी नागरिकका रुपमा प्रजा भएका छैनौं । कार्यकर्ता भएका छौं । त्यसैले आकृति चाहे सानो होस वा ठूलो होस । लामो होस वा छोटो । धातुको होस वा काँचको । माटोको होस वा बाँसको होस । दिइएको फ्रेममा । पानीको स्वरुप भएरै भए पनि । आकृति मिलाउनैपर्छ । त्योभन्दा तल वा माथिको आकृति । नेताहरुको चासोभित्र पर्दैन । चस्माभित्र पनि पर्दैन । नेताको चासो र चस्माभित्र नपरेको आकृतिको कुनै अर्थ पनि रहँदैन । यसर्थ आँ गर्दा अलङ्कार बुझ्ने आजको परिवेशमा पृष्ठभूमिका थोरै शब्दले लेखलाई पूर्णता दिन पाठकलाई सहयोग मिल्छ भन्ने अपेक्षा हामी गर्न सक्छौं ।

सन्दर्भ फेरि पनि जोडांै । हामीलाई लाग्थ्यो । परिवर्तनको भूमिका निभाउने भनेका युवा हुन् । युवाकै प्रयासले आन्दोलनका नाममा परिवर्तन पनि आए । पाकाको पनि भूमिका नभएको होइन । तर विडम्बना ! नेतृत्व गर्ने भनेको पाकाले मात्र हो । युवाले होइन । नेतृत्वका लागि पाकाहरु पटुकी कसेर लागेका हुन्छन् । यो हाम्रो अनुभव हो । युवाहरु समयानुकुल परिवर्तनकारी हुन्छन् । जोशिला पनि हुन्छन् । आजको प्रविधिसँग जोडिन सक्छन् । समाजका लागि ऊर्जाशील हुन्छन् । सिर्जनशील हुन्छन् । यतिमात्र होइन । बहुआयमिक क्षमताका धनी भएकाले युवाहरु समयलाई पनि चिन्दछन् । लचिला हुन्छन् । जोशिला पनि हुन्छन् । पाकाहरुको स्वभाव स्थिर हुन्छ । लचिलो हँुदैन । पुरातनपन्थीका हुन्छन् । नियम निष्ठाका नाममा कठोर हुन्छन् । मेरो गोरुको बाह्रै टक्का भने जस्तै समग्रमा परिवर्तनका लागी तयारी हुँदैनन् । यिनै स्थिर कठोर स्वभावका बृद्धहरुको खटनपटनमा रहँदैबस्दै जाँदा युवाहरु पनि । अन्ततः कालोलाई सेतो । सेतोलाई कालो । भन्न बाध्य हुन्छन् । युवाहरु बहस मात्र चलाउ छन् । नेतृत्व लिनु पर्दछ भनेर । एकजुट होआंै भनेर । समयानुकुल परिवर्तन गर्नुपर्छ भनेर । तर, गरुडका अगाडि सर्प लुत्रुक्क परे जस्तै बृद्धका अगाडि युवाहरु नतमस्तक हुन्छन् । युवाहरु नतमस्तक हुने । बृद्धहरु तै चुप ! मै चुप ! हुने । पर्खालका पनि कान हुन्छन भनेर युवाहरुसँग साउति मात्र गर्छन । युवालाई नेतृत्व दिनुपर्दछ भन्ने कुरामा । पर परै छेउ लाग्दै जान्छन् ।

विगतको हाम्रो अनुभवमा । मौलिक हकको हनन् भएको थियो । राजनीतिक स्वतन्त्रताको अभाव थियो । तत्कालीन संविधान भित्रका अधिकार र कर्तव्य भनेका देखाउने दाँत मात्र थिए । हामीलाई त चपाउने दाँत नै चाहिएको थियो । त्यही चपाउने दाँत प्राप्तीको अभियानमा युवाहरु लागे । जेलनेल भोगे । ठूलो संख्यामा हताहत भए । अन्ततः चपाउने दाँत पनि देख्यांै । प्राप्त पनि ग¥यौं । तर, यी दाँतले के चपाउने । के नचपाउने । छुटयाउन सकेन । जे देख्यो । त्यही चपायो । चपाउनसम्म चपायो । चुइँगम चपाए झैं चपायो । चपाउन पाए पुग्यो । सँगसँगै आप्mनो विगत बिर्सियो । पृष्ठभूमि भूल्यो । स्वाभिमान गुमायो । इमान्दारिता बेच्यो । शक्ति सञ्चय गरयो । भ्रष्ट बन्यो । बहुदलीय व्यवस्था होस वा संघीय गणतान्त्रिक व्यवस्था । बाँदरको हातमा नरिबल जस्तो भयो । सदुपयोग गर्न जानेनौ । जान्यौ त मात्र । शक्ति सञ्चय गर्न । पद हत्याउन । पैसा प्राप्ती गर्न । शक्ति, पद र पैसाका लागि । पक्ष–विपक्ष छुट्याउन सकेनौं । शत्रु–मित्रुका बीचमा विभेद गर्न सकेनौं । शत्ताधारीको जवादेहीता के हो ? प्रमुख प्रतिपक्ष वा अन्य विपक्षीको जवाफदेहीता के हो ? आंकलन पनि गर्न सकेनौं । फलतः हामी स्वाभिमानी कार्यकताको पहिचानबाट बिमुख हुन पुग्यौं । हिजोका दिनमा जीवनको आहुती दिने शहीदका सपना साकार पार्न सकेनौं । ज्यानको बाजी लगाएर आन्दोलनमा होमिएका । जीवनभर अपाङ्ग बनेका कार्यकर्ताको लागि संरक्षक र सहानुभूतिको पात्र पनि बन्न सकेनौं । जसले आप्mनो जवानी गुमाए । जिउधन नै समर्पित गरे । उनीहरुको रोदन पनि सुनेनौ र अर्थ राखेनौ । आजको राजनीतिको केन्द्रविन्दु भनेको भागवण्डाको राजनीति हो । भागवण्डाले नै प्रतिपक्षको आवाज पनि बन्द हुन पुग्छ । निर्वाचन महंगो छ । निर्वाचनमा भएको खर्चको अनुपात मिलाउन विचौलियाको आवश्यक पर्दछ । ठूला–ठूला आयोजनमा आँखा लगाउनु पर्दछ । कमिसनको खेल शुरु गर्नु पर्दछ । काम सम्पन्न गर्नेभन्दा पनि बढी रकमको कमिशन हात कसरी पार्न सकिन्छ । काम सम्पन्न गर्ने दायित्वबाट कसरी पन्छिने । डुप्लीकेशन कसरी गर्ने आदि ।

नेपालमा जब–जब पार्टीहरु टुट्न फुट्न थाले । बहुमत र अल्पमतका खेल हुन थाले । स्थिर सरकारको लागि प्रश्न उठ्न थाले । मिलि भगतका सरकार बन्न थाले । भागवण्डाको राजनीति शुरु भयो । कमिशनका खेल हुन थले । सांसद किन्ने र बेच्ने खेल हुन थाले । पैसाले बानी बिगा¥यो । दुई नम्बरी व्यवसाय फस्टाउन थाल्यो । स–साना भौतिक पूर्वाधारका कार्यहरुको कुरा छाडौं । राष्ट्रिय गौरबका आयोजनाहरु नै बिचैमा अलपत्र पर्न थाले । फलतः चप्पल छापहरु । चिल्ला कारमा हुइँकन थाले । जीवनको आहुती दिने शहीदका सपना विदेश तिर लागे । यसप्रकारका प्रभावहरु संघमा मात्र सिमित रहेनन् । बिस्तारै–बिस्तारै प्रदेशतिर सर्दैछ । स्थानीय तह पनि अछुतो रहने अवस्था देखिँदैन । यो अवस्था कार्यपालिका, न्यापालिका र व्यवस्थापिका सबै क्षेत्रमा व्याप्त छ ।

भ्रष्ट हुनु भनेको दुष्कर्म गर्नु हो । पतन हुनु हो । च्यूत हुनु हो । बिटुलो हुनु हो । दुषित हुुनु हो । आज मुलुकमा नियम कानून तथा अनुशासनको अभाव रहेको देखिन्छ । सारमा भन्नुपर्दा आज नेपालको राजनीतिक अवस्था नै भ्रष्ट भएकोे छ । राजनीति नै भ्रष्ट भएपछि मुलुकका सम्पूर्ण नीति–नियम तथा तथा त्यससँग सम्बन्धित अंगहरु भ्रष्ट हुन पुग्छन् । पुगेका पनि छन् । जसलाई भ्रष्टनीति पनि भन्न सकिन्छ । फलतः आज शक्ति पनि भ्रष्ट हुन पुग्यो । राज्य शक्ति भ्रष्ट भएकै कारणले । राज्यका शक्तिमा भएका अधिकार प्राप्त अधिकारी जो स्वाभिमान बन्न खोज्छन् उनीहरुको बलबर्कत गुमेको अवस्था छ । उनीहरु शक्तिहीन बन्न पुगेका छन् । उनीहरुमा विवेक र निष्ठा हराएको छ । स्वाभिमान हराएको छ । निर्णय गर्ने क्षमतामा ह्रास आएको छ । परिणामतः आज मुलुक भ्रष्टहरुको साधनाको केन्द्र बन्न पुगेको छ । नेता साधक बनेका छन् । भ्रष्टचार साध्य भएको छ । राजनीतिक सिद्धान्त नै भ्रष्ट बन्न पुगेको छ । भ्रष्टाचार गर्नु भनेको हत्या गरे सरह हो । आज यिनै भ्रष्ट हत्याराहरु । शक्ति केन्द्रको वरिपरि घुमिरहेका छन् । आजको राजनीतिक सिद्धान्त भनेको भ्रष्ट हुनु हो । शक्ति सञ्चय गर्नु हो । भ्रष्ट व्यक्तिको पृष्ठभूमिलाई गहिरोसँग अध्ययन गर्ने हो भने निचोड यही नै आउँछ । यसर्थ आज कुनै पनि अर्थमा । शक्तिशाली बन्नुछ भने भ्रष्ट नै बन्नुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here