सहकारी संस्थाहरुका लागि पल्स विश्लेषण तालिम

0
18

पथरी शनिश्चरे,

नगरको नियमन क्षेत्राधिकार भित्रका सहकारी संस्थाहरुका लागि पल्स विश्लेषण तालिम सुरु भएको छ ।

पथरी शनिश्चरे नगरपालिका नगर कार्यपालिकाको कार्यालय सहकारी शाखाको आयोजनामा शुक्रबार तालिम सुरु भएको हो ।

नगरपालिकाको सभाहलमा नगर प्रमुख मोहनप्रसाद तुम्वापोको अध्यक्षतामा तालिमको उद्घाटन गरिएको थियो ।

दुई दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटनमा नगरको सहकारी संयोजक उद्धवराज बस्नेत र प्रशिक्षक जिल्ला वचत संघ बेलबारी सहजकर्ता कार्यक्रम अधिकृत रामकुमार दाहालले मन्तव्य राख्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here