टिपिडी तालिम सम्पन्न

0
9

बुट्टाबारी।

शिक्षा युवा तथा खेलकुद शाखा अर्जुनधारा नगरपालिकाको आयोजना एवम् शिक्षा तालिम केन्द्र सुनसरीको सहजीकरणमा शिक्षक पेशागत विकास तालिम (TPD) प्रथम चरणको सम्पन्न भएको छ ।

शिक्षकहरुको वृत्ति विकास सँगसँगै एकीकृत पाठ्यक्रम (१–३)ले दिएको मूल्यांकन क्षेत्र, एकीकृत पाठ्यक्रम तथा सामग्री निर्माण, शैक्षिक योजना निर्माण र प्रयोग, व्यवहार कुशल सीपमा आधारित दैनिक पाठ योजना निर्माण र शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबारे अभिमुखीकरणसहित कक्षा कोठामा विद्यार्थी मैत्री अद्यापन गर्न दक्ष यो तालिमले बनाउने भन्दै शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तोयानाथ रेग्मीले बताए ।

आधारभूत तह (१–५)मा अध्यापनरत २५ जना स्थायी शिक्षकहरुको लागि एकीकृत पाठयक्रममा आधारित १० दिने प्रमाणीकरण तालिम झापा जिल्लामा प्रहिलो पटक सञ्चालन गरिएको तालिमले विद्यालयमा विद्यार्थी र आफ्नो व्यक्तिगत जीवनमा केही न केही सुधार ल्याउने छ त्यो अनुभव हेर्न सकियोस भन्दै प्रमुख अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली, विशिष्ट अतिथि सामाजिक विकास अर्जुनधाराका संयोजक भोला परियार शिक्षा तालिम केन्द्रका प्रमुख सूर्यप्रसाद घिमिरे, सहजकर्ता सोममणि कोइरालाले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा प्राप्त गरेको सिकाइ विषयवस्तु र विद्यालयमा रहेका विद्यार्थीहरुमा प्रयोग गरिने सिकाइ र एकीकृत पाठ्यक्रमको मर्म अनुसार धेरै कुरा सिक्न पाएकोमा फलदायी रहेको व्यहारमा के–कति प्रयोग गर्न सकिन्छ भन्दै यो तालिम शिक्षा तालिम केन्द्र सुनसरीमा नै गएर तालिम लिनुपर्ने र धेरै समयमा पालो पर्खनुपर्ने थियो ।

नगरले हामी माथि लगानी गरेकोमा हामी भाग्यमानी रहेको र यो टिपिडी तालिम सञ्चालन गरिदिएकोमा शिक्षा शाखा एवम् अर्जुनधारा नगरपालिकालाई प्रशिक्षार्थी शिक्षकहरुको तर्फबाट जुनकिरी आधारभूत विद्यालय अर्जुनधारा–११ का प्रधानाध्यापक रञ्जित परियार, लक्ष्मी माध्यमिक बिद्यालय अर्जुनधारा–६ कि शिक्षक सानुमाया तामाङ्गले धन्यवाद व्यक्त गरेकी थिइन् ।
कार्यक्रम शिक्षा अधिकृत सुनिता भट्टराईको अध्यक्षता सञ्चालन कार्यक्रमको सहजीकरण प्राविधिक सहायक समिरा दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here