अन्तर क्याम्पस भलिबल प्रतियोगिता हुने

१० फाल्गुन २०८०, बिहीबार मा प्रकाशित

मेचीनगर ।

स्वतन्त्र विद्यार्थी युनियन त्रिदेव बहुमुखी क्याम्पस चारआलीले झापा जिल्लास्तरीय अन्तर क्याम्पस भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

विद्यार्थीहरुको क्षमता अभिवद्धि गर्नुका साथै आन्तरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आगामी फागुन २० गतेबाट उक्त प्रतियोगिता आयोजना गर्न लागिएको स्ववियु त्रिदेव अध्यक्ष अर्जुन गौतमले जानकारी दिए ।

उक्त प्रतियोगिताको विजेताले नगद रु ३० हजार सहित प्रमाण पत्र, ट्रफी र मेडल पाउने छ भने उपविजेतालाई रु २० हजार नगद सहित प्रमाण पत्र, ट्रफी र मेडल प्रदान गरिने उनले बताए ।

सो प्रतियगितामा झापा जिल्ला भरिका विभिन्न क्याम्पसहरुले भाग लिने छन् भने उक्त प्रतियगिताको प्रवेश शुल्क रु तीन हजार रहने छ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here