भोलि बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचन, कसले बाजी मार्ला ?

0
10

झापा । कोरोना कहरपछि व्यवसाय सुस्ताए पनि बिर्तामोडका व्यवसायी नेता र नेतृत्व छान्न जुर्मराएका छन् । फागुन १४ गते हुने बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व छान्न बिर्तामोडका व्यवसायी जुर्मुराएका हुन् ।
पूर्वको प्रमुख व्यापारिक केन्द्रका रुपमा चिनिएको बिर्तामोड अहिले निर्वाचनमय भएको छ । नेपाली कांग्रेस समर्थित व्यवसायी राजु न्यौपानेलाई व्यवसायिक नेतृत्व जिम्मा लगाउने दाउमा छन् भने नेकपा एमाले समर्थित व्यवसायीहरु अर्जुनकुमार मैनालीलाई नेतृत्व सुम्पने दाउमा छन् । नेकपा एमाले समर्थित व्यवसायीहरु पाँच दलीय गठबन्धनलाई साथमा लिएर बिर्तामोड उद्योग वाणिज्य संघको नेतृत्व लिने होडमा छ ।
तर, नेपाली कांग्रेस समर्थित व्यवसायी आफ्नो बिरासत जोगाउने अन्तिम कसरतमा देखिएको छ । यहाँका उद्योगी, व्यापारी नयाँ तथा कुशल नेतृत्व पाउन उत्सुक तथा आतुर देखिएका छन् । चुनावको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढ्नुका साथै उम्मेदवारी दर्ता गराएकाहरू प्रचारप्रसारमा मत माग्न अन्तिम कसरत गरिरहेका छन् ।
लोकतान्त्रिक व्यवसायिक समूहका तर्फबाट वरिष्ठ उपाध्यक्षमा सञ्जीव घिमिरे, उद्योग उपाध्यक्षमा विशाल थापा, वाणिज्य उपाध्यक्षमा जीवनकुमार खड्का, जनसम्पर्क उपाध्यक्षमा राधिका चुडाल र महासचिव पदमा कुशल खतिवडाले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै, उद्योग सचिवमा पुकार बराल, वाणिज्य सचिवमा राजकुमार साह, कोषाध्यक्षमा दीपक मित्तल र सहकोषाध्यक्ष तिलोत्तमा खत्री छन् ।
त्यस्तै खुला सदस्यमा योगेश शर्मा भट्टराई, दिनेश श्रेष्ठ, अनन्तलाल महतो, रमेश घिमिरे, डिल्लीराम कोइराला, अरुण जैन, श्यामकृष्ण पाठक, महिला सदस्यमा सुशीला बस्नेत, निशा साह गुप्ताले उम्मेदवारी दिएका छन् ।
यता स्वतन्त्र व्यवसायिक गठबन्धनबाट वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे ( राजु), वाणिज्य उपाध्यक्षमा गंगा मैनाली, उद्योग उपाध्यक्षमा ओमप्रकाश श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।
त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाँई, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनीले उम्मेदवारी दर्ता गरेका छन् । खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाँईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेशकुमार सिंह, रीता चौधरी, अमिर खान, महिला सदस्यमा चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहेको छ ।
यसैबीच व्यवसायी समिल राईले खुला सदस्य पदमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिने राई एक मात्र उम्मेदवार भएको निर्वाचन आयोगले जनाएको छ ।
बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६ सय ६१ मतदाता रहेका छन् । यसबाहेक १२ जना पूर्वअध्यक्षहरु समेत मतदाता रहने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here