व्यवसायीहरुको साथ पाउनेमा ढुक्क छु– पौडेल

0
7

झापा । पूर्वकै प्रमुख व्यापारीक केन्द्र बिर्तामोड व्यवसायीको नेतृत्व चयनमा होमिएको छ । बिर्तामोड नगरी चुनावमय बनेको छ । भोलि हुने निर्वाचनमा उम्मेदवारहरु भोट माग्ने अन्तिम क्षणमा छन् । महासचिव पदका उम्मेदवार कृष्ण पौडेल अधिकांश मतादाता समक्ष पुगेको बताउँछन्।
स्वतन्त्र व्यवसायिक प्यानलको तर्फबाट महासचिव पदका उम्मेदवार पौडेलले झापाली पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मतदाताहरुको उल्लेखीय साथ पाउनेमा आफु ढुक्क रहेको बताए ।
यस अघिका नेतृत्वबाट पाठ सिकिसकेका बिर्तामोडका व्यवसायीहरुले व्यक्तिलाई भन्दा क्षमता पहिचान गरेर मत हाल्नेमा आफु आशावादी रहेको बताउछन् ।
पत्रकाहरुको प्रश्नको जवाफ दिदै आफ्नो जित सुनिश्चत हुने उनले दाबी गरे ।
पौडेल मोरङको कानेपोखरी गाउँपालिका–३ मा २०३३ साल पुस २ गते पिता बिष्णुबहादुर र माता पूर्णमाया पौडेलको कोखबाट जन्मिएका हुन ।
२०५० सालदेखि भद्रपुरमा शिवशक्ति फर्माबाट मेडिकल व्यववसायमा प्रवेश गरेका उनी बिर्तामोड क्षेत्रमा २०५२ सालमा कबिर फार्मेसी, २०६५ सालदेखि श्रीअन्तु फर्मा सेल्समार्फत औषधिको थोक पसल सञ्चालन गरिरहेका छन् ।
मेडिकल ब्यवसायी पौडेल सहकारीकर्मी पनि हुन् । उनी धौलागिरी पारिजात बहुउद्देश्यी सहकारी संस्थाको संस्थापक अध्यक्ष हुन् । १६ वर्ष अध्यक्षको भूमिकामा रहेका उनी हाल सो सहकारीका कार्यकारी प्रमुखका रुपमा कार्यरत छन् ।
उनी व्यवसायी मात्र नभएर विभिन्न सामाजिक तथा धार्मिक संघ–संस्थामा समेत आबद्ध छन् ।
तारा नमस्ते बालग्रामका संस्थापक सदस्य, लायन्स क्लब अफ अनारमनीका संस्थापक अध्यक्ष, जिल्ला सहकारी संघका सञ्चालक, निर्माणाधिन नागरिक स्वास्थ्य सहकारी अस्पतालका परिकल्पनाकार तथा प्रबन्धक निर्देशक साथै अन्य थुप्रै सामाजिक तथा धार्मिक संघसंस्थामा समेत पौडेल नेतृत्वदायी भूमिकामा छन् ।
हक्की र निष्पक्ष स्वभावका पौडेलले व्यवसायीको हितमा काम गर्ने अठोट भएकाले आफूसँगै स्वतन्त्र व्यावसायिक प्यानलका सबै उम्मेदवारलाई मतदान गरी विजयी गराउन आममदातालाई आग्रह गरेका छन् ।
बिर्तामोड उद्योग वाणिज्य संघमा पाँच हजार ६ सय ६१ मतदाता रहेका छन् ।
यसबाहेक १२ जना पूर्वअध्यक्षहरु समेत मतदाता रहने व्यवस्था रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here