इलाम र बझाङमा वैशाख १५ गते उपनिर्वाचन

१३ फाल्गुन २०८०, आईतवार मा प्रकाशित
काठमाडौँ,
 निर्वाचन आयोगले सरकारको परामर्शमा प्रतिनिधिसभामा रिक्त रहेको इलाम क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य (क) को उपनिर्वाचन आगामी वैशाख ५ गते हुने जनाएको छ ।
प्रतिनिधिसभामा इलाम २ बाट निर्वाचित सुवासचन्द्र नेम्वाङ र बझाडको प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएकाले रिक्त रहेको थियो ।
निर्वाचन कानुनबमोजिम बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको आयोगका सहायक प्रवक्ता थानेश्वर भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उपनिर्वाचनको मिति तोकिएसँगै आयोगले मतदाता नामावली दर्ता हाललाई स्थगन गरेको छ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here