करेन्ट लागेर एक जनाको मृत्यु

0
6

झापा।

झापाको बाह्रदर्शी गाउँपालिका– ६ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

खेतमा जमेको पानीमा करेन्ट लागाई माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा स्थानीय २८ बर्षीय बुद्धराज लिम्बूको घटना स्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएसगै ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरीको टोली खटिगई कानुनी प्रकृया पश्चात शवलाई परिक्षणको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाईएको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here