दमकमा छोराको बन्चरो प्रहारबाट बुबा सख्त घाइते

0
17

दमक ।

झापाको दमकमा आफ्नै छोराको बन्चरो प्रहारबाट बुबा सख्त घाइते भएका छन् ।

आज साँझ ७ः२५ बजेको समयमा दमक नगरपालिका–९ का ६१ वर्षीय सुरेन्द्र ढकाललाई उनका छोरा ३१ वर्षीय कुशल ढकालले बन्चरो प्रहार गरी घाइते बनाएका हुन् ।

खाना खाने बेलामा सामान्य वादविवादको कारण छोराले सानो हाते बन्चरोले बुबाको निधार, दाहिने खुट्टाको नलीमा प्रहार गरेका थिए । घाइतेको निम्स अस्पताल दमकमा उपचार भइरहेको छ ।

उनको अवस्था मध्यम रहेको छ । बन्चरो प्रहार गर्ने छोरा फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here