रिफुजी च्यालेन्ज कप: आयोजक वाई एफ सी पथरी फाइनलमा प्रवेश

१७ फाल्गुन २०८०, बिहीबार मा प्रकाशित

छविराज ढकाल/ पथरी शनिश्चरे,

भारतकाे कञ्चनजंगा एफसी सिलगुढी विरूद्व २-१ को अन्तरले पराजित गर्दै वाई एफ सी पथरीले फाइनलको यात्रा तय गरेको छ ।

मोरङको पथरी शनिश्चरे-१० मा जारी राईजिङ ब्रदर्स सुजना छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण रिफुजी च्यालेन्ज कप अन्तर्गत आजको प्रतियोगितामा आयोजक वाई एफसी, पथरी भारतको कञ्चनजङ्घा एफसी सिलीगुडीलाई १ को विरूद्व २ गोल गर्दै पराजित गरेको हो ।

खेलको निर्धारित समयको सुरूवात ७औं मिनेटमा वाई एफसीमा अनुबन्धित नाइजेरियन खेलाडी ग्लोरीले प्रहार गरेको गोलले जाली चुम्दै आफ्नो टिमको खाता खोलेका थिए। त्यसको ५ मिनेट नबित्दै विपक्षी कञ्चनजङ्घा एफसी, सिल्गुडी भारतका अभिषेक दर्जीले जवाफी गोल फर्काउदै खेललाई बराबरीमा पुर्याएका थिए।

निक्कै प्रतिस्पर्धात्मक खेलको ५८ औं मिनेटमा आयोजक टिम वाई एफसी,पथरीमा अनुबन्धित अर्का नाईजेरियन खेलाडी योमीले विपक्षी दुई खेलाडीहरूलाई छक्याउदै अर्को गोल गर्दै आफ्नो टिमलाई २-१ को अन्तरमा पुर्याई जितलाई थप बलियो तुल्याए ।

आजको म्यान अफ दि म्याच वाई एफसीका जर्सी नं १७ का योमी घोषित भए! उनलाई पथरी उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन राईले नगद तीन हजार रूपैयाँ सहित ट्रफी प्रदान गरेका थिए।

भोलिको खेल बि वाई सी, बेलडाँगी र बेलबारी फुटबल क्लव बिच प्रतिस्पर्धा हुने आयोजक समितिका सुमन कुरूङवाङले जानकारी दिनुभयो। पथरी उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन राईको प्रमुख आतिथ्यतमा सम्पन्न भएको सो खेलमा पथरीशनिश्चरे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशी राई, नगर खेलकुद विकास समितिका संयोजक दिपक राई, स्वास्थ्य शाखाप्रमुख मुरारीप्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here