गौरीशंकर माध्यमिक विद्यालयको ६५ औं वार्षिकोत्सव सम्पन्न

0
7

झापा । बाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको गौरीशंकर माध्यमिक विद्यालयले उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान गर्दै ६५ औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पिङ्की पौंडेलको अध्यक्षता तथा कोशी प्रदेश सभा सदस्य छविलाल चुडाललको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमकाबीच विद्यालयले बार्षिकोत्सव मनाएको हो ।
विद्यालयका सहायक प्रधानाध्यापक हेमप्रसाद राजवंशीले स्वागत गरेको कार्यक्रममा विद्यालयको शैक्षिक गतिविधि तथा विद्यालयको वार्षिक प्रतिवेदन प्रधानाध्यापक लेखनाथ कटुवालले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कक्षा १ देखि ३ कक्षासम्म खेलकुद क्षेत्रमा उत्कृष्ठ गर्ने विद्यार्थीलाई विद्यालयका पूर्व व्यवस्थापन समिति अध्यक्ष महेश झा र लेखराज सुवेदीले पुरस्कार बितरण गरेका थिए । त्यस्तै खेलकुद क्षेत्रमै उत्कृष्ट हुने कक्षा ४, ५, ६ र ७ का विद्यार्थीलाई बाह्रदशी गाउँपालिका वडा नम्वर ७ का वडाध्यक्ष मित्रराज भट्टराई र शिक्षासेवी लक्ष्मण पाठकले पुरस्कार बितरण गरेका थिए ।
त्यस्तै सदनात्क खेलकुदमा उत्कृष्ट हुने विद्यार्थी,सटपुट ज्याभलिन थ्रो, लङ्जम्पमा उत्कृष्ट हुने विद्यार्थीलाई कार्यक्रमका विशिष्ठ अतिथि गाउँपालिका उपाध्यक्ष शान्तादेवी शिवाकोटी खरेल र प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलाले पुरस्कार प्रदान गरेका थिए ।
त्यस्तै अनुशासित बिद्यार्थीका रुपमा आयुषा कार्की कक्षा ९, शिल्पा इङ्नाम कक्षा ९, सरसफाई तर्फ युना श्रेष्ठ कक्षा ३, सिर्जना राजवंशी कक्षा ५ लाई शिक्षा प्रमुख ज्ञानवहादुर पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
नियमितता तर्फ आँचल कामते कक्षा , भुवन राजवंशी कक्षा ५ लाई पुरस्कृत गरियो । यसैगरी कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने प्रितिका निरोला ३.३० जीपीए,गणेश सोनार ३.२० जीपीए लाई नरप्रसाद शिवाकोटीले पुरस्कार बितरण गरेका थिए ।
एसइइमा उत्कृष्ट अंक ल्याउने प्रतिमा सुवेदी ३.३१ जीपीए,गौरव सुवेदी ३ जीपीएलाई कृष्ण कुमारी राईले नगद सहित पुरस्कृत गरेकी थिइन् । त्यस्तै कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने रेजिना राजवंशी २.३१ जीपीए र रोशन श्रेष्ठ २.४५ जीपीए लाई होम नारायण राजवंशीले पुरस्कृत गरेका थिए ।
यता विद्यालयले दुई जना अभिभावकलाई सम्मान गरेको छ । सम्मानित हुने अभिभावकमा इन्दिरा शिवाकोटी र निर्मला राजवंशी रहेका छन् । उनीहरुलाई प्रमुख अथिति चुडालले सम्मान पत्र प्रदान गरेका थिए ।
शिक्षक तर्फ लोचनकुमार गुरागाई र रिया झालाई सम्मान गरिएको थियो । उनीहरलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य चुडालले सम्मान पत्र प्रदान गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य चुडाल सहित बाह्रदशी गाउँपालिका प्रमुख देविन्द्र प्रसाद चम्लागाई, शिक्षा शाखा प्रमुख ज्ञानबहादुर पौडेल, वडा नम्वर ७ का वडाध्यक्ष मित्रराज भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक लोचनकुमार गुरागाँई र नेत्र पौडेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here