बिर्तामोडमा अर्काको फेसबुक ह्याक गरेर रकम ठग्ने क्रम बढ्यो

0
8

बिर्तामोड । बिर्तामोडमा केही समययता अर्काको फेसबुक ह्याक गरेर रकम ठग्ने क्रम बढेको छ ।

अर्काको फेसबुक ह्याक गरेर फेसबुक प्रयोगकर्ताका साथीभाइ र आफन्तहरुसंग रकम ठग्ने क्रम बढेकाले प्रहरीले त्यसतर्फ सचेत गराउन थालेको छ । विगत ६ महिनामा त्यस किसिमको ८ वटा उजुरी परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सुरज कार्कीले बताए । उनले ह्याकरले २० हजारदेखि १ लाखसम्म ठगी गरेको उजुरी परेको जानकारी दिए । हाम्रो साझा महिला विकास समिति बिर्तामोड ३ द्वारा आइतवार आयोजित साइबर अपराध सचेतना तथा कानुनी परामर्शसम्बन्धी एकदिने अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै डीएसपी कार्कीले फेसबुक ह्याक गर्ने र मलाई यति पैसा चाहियो भनेर माग्ने साइबर अपराध बढेको जानकारी दिए । उनले आफन्तको फेसबुकबाट कसैले पैसा मागेमा फोनबाट बुझेर मात्र सहयोग गर्न आग्रह गरे । ह्याकरको बिगबिगी बढेकाले भेरिफाई गरेर मात्र पैसा पठाउन उनको आग्रह थियो ।

त्यस्तै ह्याकरले फेसबुक आइडी ह्याक गरी अश्लील भिडिओ र तस्वीर हाल्ने गरेको घटना पनि बढेको छ । केही महिनायता बिर्तामोडका धेरैजनाको फेसबुक आइडी ह्याक गरी अश्लील भिडिओ र तस्वीर हालेको पाइएको छ । डीएसपी कार्कीले लाखौंको चिठ्ठा पर्यो भनेर भन्सार शुल्कको नाममा रकम ठग्ने घटना पनि निकै बढेको जानकारी दिए । त्यस्तै कार्यक्रममा अधिवक्ता कविता बाँस्तोलाले साइबर अपराधमा संलग्न हुनेलाई कानुनी कार्वाहीको व्यवस्थाबारे जानकारी दिइन् । उनले साइबरसम्बन्धी अपराधमा आफू पीडित बनेको खण्डमा बिना हिच्किचाहट प्रहरीमा उजुरी गर्न आग्रह गरिन् ।

हाम्रो साझा महिला विकास समितिकी अध्यक्ष रन्जु प्याकुरेलको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै बिर्तामोड ३ का वडाध्यक्ष मदन बुढाथोकीले साइबर अपराध पछिल्लो समय टड्कारो समस्याका रुपमा देखापरेकोले सबैले सजग र सतर्क रहनुपर्नेमा जोड दिए । कार्यक्रममा बिर्तामोड नगरपालिकाका महिला शाखाका पूर्व प्रमुख धना थापा , उन्नतिशील रंगशाला टोल विकास समितिकी अध्यक्ष नैनकला ढकाललगायतले बोलेका थिए । समितिकी कोषाध्यक्ष छायाँ सिग्देलले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन संचारकर्मी मनिषा गौतमले गरेकी थिइन् ।

यसैबीच पछिल्लो समय लागूऔषधको प्रयोग , साईबर अपराधका घटना दिनानुदिन बढ्दै गएपछि यसको नियन्त्रणका लागि कन्काईका विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रम शुरु गरिएको छ । स्थानीय तह ,विभिन्न संघ संस्था र विद्यालयले यस्तो कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखी विद्यालय तथा समुदाय स्तरमा लागूऔषध दुर्व्यसन , साईबर अपराध, ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कार्यक्रम निरन्तर अगाडी बढाईरहेका छन् ।

लागूऔषध दुर्व्यसन , साईबर अपराध, ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कार्यक्रमलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाको नेतृत्व सम्हालेको भोलिपल्टदेखि नै बरिष्ठ प्रहरी नायव निरीक्षक प्रविणकुमार भट्टराईको सक्रियतामा तिब्रता दिइएको हो।

१९ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका भट्टराईले कार्यक्रममा लागूऔषध दुर्व्यसन के हो रु यसबाट स्वास्थ्यमा र समाजका कस्तो असर पर्छ , दुर्व्यसनमा परिसकेपछिको अवस्था कस्तो हुन्छ रु त्यस्तै साईबर अपराध, ट्राफिक नियमजस्ता विषयमा बिद्यार्थीहरुलाई प्रशिक्षण दिँदै आएका छन् । ईलाका प्रहरी कार्यलय सुरुङ्गाको नेतृत्व सम्हालेलगत्तै
नगरपालिका , वडा कार्यालय, विभिन्न संघ संस्थाको सहकार्य तथा सहयोगमा कनकाईका एक दर्जनबढी निजी तथा सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रमहरु सम्पन्न गरिसकेको प्रशिक्षक भट्टराईले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here