पिकअप दुर्घटना एक जनाको मृत्यु आठ जना घाईते

0
4

धनकुटा।

धनकुटाको पाख्रीबास नगरपालिका–१० चुङबाङस्थित पिकअप गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाईते भएका छन् ।

हिलेबाट चुङबाङ तर्फ जादै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसी दुर्घटना हुँदा घाईते भएका गाडीमा सवार पाख्रीबास नगरपालिका–१० धनकुटाका रेमन राईको ९ बर्षीय छोरी सँस्कृती राईको उपचारको क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको हो ।

दुर्घटनामा परी घाईते भएका धनकुटा नगरपालिका–४ का ३६ बर्षीया देबिका खत्री र १४ बर्षीय अभिनाश खत्रीको सोहि अस्पतालमा उपचार भईरहेको छ भने अन्य घाईते पाख्रीबास–१० की २२ बर्षीया रबिका राई, ६० बर्षीया लक्ष्मी राई, ४० बर्षीया सानु आले, धनकुटा–४ की ३७ बर्षीया देवी खत्री, १० बर्षीय अजित खत्री र सुनिता खत्रीको घोपा धरानमा उपचार भईरहेको छ ।

घटनामा संलग्न पिकअप चालक पाख्रीबास१० का ५५ बर्षीय राममणि राईलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here