झापा गोल्डकपद्वारा एपीएफलाई कारबाही

0
9

बिर्तामोड।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ क्लव कारबाहीमा परेको छ ।

फागुन २१ गते सोमबार बागमती युवा क्लबसँग भएको खेलमा एपीएफले खेलाडीको जर्सी तथा जर्सीको रङ सम्बन्धी नियम उल्लंघन गरेको जनाउँदै झापा गोल्ड क्लबले कारबाही गरेको हो ।

झापा गोल्ड कप २०८० नियमावलीको २३ (ख) ले दिएको अधिकार प्रयोग गरी एपीएफमाथि कारबाही गरिएको झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले बताए । खेल मर्यादा विपरीतका गतिविधि गरेकाले एपीएफलाई लिखित जवाफ माग गर्दै ११ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय भएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

प्रतियोगिता नियमावलीको पूर्ण परिपालना गर्न र भविष्यमा यस किसिमका गल्तीहरू नदोहोर्याउन एपीएफलाई सचेत गराउँदै लिखित प्रतिबद्धता माग गरिएको छ । गत फागुन १९ गतेदेखि जारी झापा गोल्डकप २८ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here