झापा गोल्डकपमा आर्मी र सशस्त्र आम्नेसाम्ने हुदैं, आज महिलालाई निःशुल्क प्रवेश

0
10

बिर्तामोड ।

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी अर्ना छैठौं झापा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब आम्नेसाम्ने हुदैछन् ।

दुई विभागिय टोली बीचको खेल निकै रोमाञ्चाक हुने अपेक्षा गरिएको छ । सशस्त्र प्रहरीको एपीएफले संकटा फुटबल क्लब र बागमती युवा क्लबलाई ट्राइबेरमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो भने त्रिभुवन आर्मी फुटबल क्लबले मच्छिद्र फुटबल क्लबलाई पराजित गर्दै एपीएफसंगको भेट पक्का गरेको हो ।

आजको खेलमा विजयी हुने टोलीले फाइनलको यात्रा तय गर्ने छ । आर्मी झापा गाोल्डकपको चार पटकको उपाधि विजेता टोली हो ।

यसैबीच आजको खेल महिलाहरुले निःशुल्क हेर्न पाउने भएका छन् । ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला दिदीबहिनीहरुका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएका झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

महिलाहरुलाई फुटवल खेलप्रती आकर्षित गराउन, नारी दिवसलाई उल्लासमय बनाउन र महिलाहरुप्रति सम्मान गर्दै महिलाहरुलाई निःशुल्क खेल हेर्ने अवसर प्रदान गरेको उनले बताए ।

११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सरकारले समेत सार्वजनिक विदा दिएकाले तनावमुक्त भएर समयमै उपस्थित भई खेल हेरेर मनोरञ्जन लिनुहुन उनले आग्रह गरेका छन् । खेल दिउँसो २ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ ।

झापा गोल्डकपको फाइनल खेल आगामी २८ गते हुदैछ । उपाधि विजेता टोलीले नगद १३ लाख रुपैंयासहित ट्रफि तथा उपविजेता टोलीले सात लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here