एनएमसीको ३१ औं वार्षिकोत्सव सम्पन्न

0
8

बिर्तामोड।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड(एनएमसी) को ३१ अौं वार्षिक उत्सव सम्पन्न भएको छ।

झापाको मेचीनगर-६ काँकरभिट्टा केन्द्रीय कार्यालय रहेको एनएमसीले आफ्ना ५८ सेवा केन्द्रहरुमा एकसाथ कार्यालयगत रुपमा वार्षिक उत्सव सम्पन्न गरेको हो।

यस‌ैवीच बिर्तामोड-१० स्थित सैनिकबजार सेवा केन्द्रले विविध कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको छ।

सैनिकबजार सेवाकेन्द्रगत उपसमिति संयोजक टीकाराम दंगालको अध्यक्षता तथा बिर्तामोड -१०का वडाध्यक्ष दुर्योधन गुरुङको प्रमुख आतिथ्य रहेको कार्यक्रममा सेवा केन्द्र उपसमिति सदस्य रत्नबहादुर बस्नेतले स्वागत गरेका थिए।

प्रमुख अतिथि वडाध्यक्ष गुरुङले पानसमा दीप प्रज्जवलन गरेर उदघाटन गरेको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, बिर्ताअर्जुन क्षेत्रीय समन्वय उपसमिति सदस्य मनु मुखिया, खेलकूद उपसमिति सदस्य गंगाप्रसाद मैनाली, सामाजिक व्यक्तित्व देवीप्रसाद दंगाल,शिक्षासेवी टेकबहादुर देवानलगायतले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा कार्यालयगत उपसमिति सदस्य सीतादेवी राई,भौगोलिक एकाइगत उपसमिति संयोजक चामबहादुर जबेगू,सदस्यहरु गणेशबहादुर बोहरा, राजन ढकाल, अञ्जु गुरुङ, कीर्ति लिम्बू,सदस्य सहजकर्ता चन्द्रबहादुर राईलगायतले आ-आफ्ना अनुभवसहित शुभकामना मन्तव्य राखेका थिए।

निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा वि.सं.२०५० साल फागुन २४ गते स्थापना भएको एनएमसीमा हाल १ लाख ६२हजार बढी सदस्य रहेका छन्। झापा,मोरङ र इलाम जिल्लामा सञ्चालित वित्तिय सेवासहित ५ वटा व्यवसाय गर्दै आएको एनएमसी देशकै अग्रणी सहकारीको रुपमा रहेको छ। कोशी प्रदेशकै पहिलो एटीएम शुरु गर्ने सहकारी एनएमसीको २९ अौं शाखाको रुपमा २०७५ सालदेखि सैनिकबजार सेवाकेन्द्र सञ्चालनमा रहेको छ। कार्यक्रमको सञ्चालन कार्यालय प्रमुख सन्तोष ढुंगानाले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here