मिश्र परिवारद्वारा सिंहदेवी माविमा दुई लाख बढीको अक्षयकोष स्थापना

0
6

अर्जुनधारा ।

महाशिवरात्री पर्वको अवसरमा झापाको अर्जुनधारा–१ सिस्नेस्थित सिंहदेवी माध्यमिक विद्यालयमा शुक्रबार अक्षयकोष स्थापना गरिएको छ ।

स्थानीय विर्खबहादुर–शिवमाया मिश्र, देवीमाया मिश्र र कुलबहादुर–ओमकुमारी मिश्रको परिवारबाट आमाबुबा चन्द्रमाया–दलबहादुर मिश्रको स्मृतिमा दुई लाख तीन हजार एक सय पाँच रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिएको हो ।

अक्षयकोषदाता मिश्र परिवारबाट कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुलाल ढकाल, समितिका सदस्य सचिव एवम् प्रधानाध्यापक लक्ष्मीप्रसाद रिजाल र शिक्षक अभिभावक संघका अध्यक्ष टंकबहादुर न्यौपानेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रममा विद्यालयमा स्थापित दीपक आचार्य स्मृति छात्रवृत्ति अक्षयकोषका दाता हाल अमेरिका निवासी स्थानीय नवराज–रीता मैनाली आचार्यलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

कार्यक्रममा वडा सदस्य इन्द्रकुमारी विश्वकर्मा, हलुवागढ सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष देउनारायण राई, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष युवराज लोहार, शिक्षक अभिभावक संघका सदस्य दुर्गा पौडेल, सम्मानित व्यक्तित्व अक्षयकोषदाता नवराज आचार्यलगायतले मन्तव्य राखेका थिए ।

समितिका अध्यक्ष ढकालको अध्यक्षता र विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष विष्णुप्रसाद नेपालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्रधानाध्यापक रिजालले स्वागत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भेषराज खनालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here