अछामको ढाकुमा ढकालहरुको महायज्ञ शुरु

0
6

टेकेन्द्र ढकाल,
अछाम ढाकु।

महाशिबरात्रीको अवसर पारेर समस्त पितृगणको उद्दारार्थ श्रीमदभागवत महापुराणको उद्घाटन पूर्वमन्त्री बीरमणी ढकालले वैदिक विधिद्वारा अछामको ढाकुमा गरेका छन् ।

उनले भाबी सन्ततिका लागि पनि यो उदगम स्थलको अनुस्ठानले पितृदोष मोक्ष विश्वास ब्यक्त गरे ।

कार्यक्रममा पूर्वमन्त्री टंक ढकालले उपमन्यु ऋषिका सन्तान ढकालहरुको पुण्य कर्मले अपगतिमा पेरेर दिबङत आत्माहरुले मोक्ष प्राप्त हुने बिश्वास व्यक्त गरे । ढकाल बन्धुहित तथा बशावली एकिकृत समाज केन्द्रिय समितिका अध्यक्ष डिल्लीराम ढकालको सभापतित्वमा सम्पन्न सभा अघि बृहत् कलश यात्राले नगर परिक्रमा गेरेको थियो।

कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञराज ढकालले स्वागत गरेको कार्यक्रममा पूर्वसासद डा. सुरेस मल्ल,राम बा. बिष्ट,लोकेश ढकाल, श्यामप्रसाद ढकाल ,टीकाराज ढकाल र राधा आचार्य ढकाल लगायतले शुभकामना राखेका थिए।

ढकालहरुको उदगम स्थल नै अछाम जिल्लाको ढाकुमा पहिलो पटक बहु प्रतिक्षित महायज्ञ तथा बिश्वशान्तिको कामना गर्दै आगामी चैत्र २ गते सम्म सञ्चालन हुने सो कार्यक्रममा देशभरबाट ठूलो संख्यामा बाक्लो सहभागिता रहेको र बिदेशमा भारतको मनिपुर,सिक्किम ,आसाम लगायतका क्षेत्रबाट उत्साह बर्दक सहभागिता रहेको छ।

ढकालका कुलका धामी देवानन्द ढकाल र पुजारीको समेत सोही अवसरमा सम्मान गरिएको थियो। परापूर्व कालमा १२ जना बज्यैको अपगतिमा भएको निधनको मोक्षका लागि देउती बज्यैको मन्दिर परिसरमा १२ वटा आश्रम सहितको हवन कुण्ड बनाइ एकहजार आठ कलश अटाउने प्यागोडा शैलीको स्तम्भ बनाइएको छ । ५१जना ब्राह्मणद्वारा रुद्री ,चण्डी र भगवत बाचन भइरहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here