पातञ्जल योग अर्जुनधाराको योग प्रशिक्षण तालिम शुरु

0
6

अर्जुनधारा ।

पातञ्जल योग अर्जुनधारा नगर समितिको आयोजनामा आइतबारदेखि एक महिने योग प्रशिक्षण तालिम शुरु भएको छ ।

अर्जुनधारा–७स्थित पूर्वको पशुपतिनथले परिचित अर्जुनधारा जलेश्वर धाम परिसरमा रहेको योग साधना केन्द्रमा सञ्चालन हुने उक्त तालिमको प्रमुख अतिथि अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले उद्घाटन गरेका थिए ।

सहभागी प्रशिक्षार्थीहरुलाई सीटीभिटी अन्र्तगत योग सम्बन्धी सैदान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको पातञ्जल योग समिति झापाका अध्यक्ष एवम् तालिमका प्रशिक्षक श्याम ल्वागुनले बताए ।

प्रशिक्षक ल्वागुनसँगै पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष केशव ताम्राकार, समिति झापाका सदस्य टीका पौडेललगायतले प्रशिक्षण दिने तालिममा ६० जना प्रशिक्षार्थी सहभागी हुने आयोजक समितिका अध्यक्ष सुरेन शाहले जानकारी दिए । तालिम विहान ४ः३० देखि ६ बजे सम्म सञ्चालन हुने बताइएको छ ।

समितिका अध्यक्ष शाहको अध्यक्षतामा आयोजित कार्यक्रममा अर्जुनधारा–८का वडाध्यक्ष कुमारप्रसाद उप्रेती, अर्जुनधारा नगरपालिका आयुर्वेद शाखा प्रमुख अनिल ठाकुर, पातञ्जल योग समिति नेपालका केन्द्रीय उपाध्यक्ष ताम्राकार, सामाजिक व्यक्तित्व शंकर सुवेदीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

समितिकी सदस्य वीना ताम्राकारले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन अर्का सदस्य पुनम सुवेदीले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here