जुकेखाडी सा.व.उ.स.को निर्वाचनमा ४३ जना उम्मेदवार

0
7

अर्जुनधारा।

झापाको अर्जुनधारा–३स्थित जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहको नयाँ कार्यसमिति चयनका लागि यहि चैत ५ गते हुने निर्वाचनमा ४३ जना उम्मेदवारले मनोनय पत्र दर्ता गराएका छन् ।

निर्वाचन समितिले प्रकाशन गरेको निर्वाचन कार्यतालिका अनुसार गत फागुन २१ गते १५ पदका लागि ४४ जनाले मनोनयन पत्र दर्ता गरे पनि उपाध्यक्ष पदका उम्मेदवार झलक याम्फू राईले मनोनयन पत्र फिर्ता लिएपछि ४३ जना उम्मेदवार रहेको संयोजक दिपीन राईले जानकारी दिए ।

समूहको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष पदका लागि जनही तीन जनाका दरले १५ जना र बाँकी सदस्य पदका लागि २८ जनाले प्रतिष्पर्धा गर्ने छन् ।

संयोजक राईका अनुसार समूहको कार्यालय स्थल र अर्जुनधारा–४ भाङबारीस्थित शिवनारायण आधारभूत विद्यालयलाई मतदान स्थल तथा विहान ८ बजेदेखि अपरान्ह ४ः३० बजेसम्म मतदान समय तोकिएको छ ।

समूहको कार्यालय स्थलमा समूह अन्र्तगत रहेका क्षेत्र नं.१, २ र ३का र शिवनारायण आविमा क्षेत्र नं.४ र ५का मतदाताहरुले मतदान गर्ने छन् । निर्वाचन समितिका अनुसार एक हजार आठ सय सात घरधुरीका जम्मा मतदाता संख्या तीन हजार पाँच सय ३६ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here