लिभिङ टुगेदरमा बसेकी महिलाको हत्या गर्दा…

0
5

संखुवासभा।

प्रहरीले संखुवासभाको खाँदवारी नगरपालिका–११ घर भई खाँदवारी नगरपालिका–७ मा बस्दै आएका ३१ बर्षीय मंसीरे शेर्पालाई बिनाकुमारी राईको हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।

सिलिचोङ गाउँपालिका–२ घर भई लिभिङ टुगेदरमा शेर्पासंगै बस्दै आएकी २६ बर्षीय बिना कुमारी राई र शेर्पा बीच फागुन १८ गते घरायसी बिषयमा विवाद हुँदा रिशको आवेगमा शेर्पाले मृतक राईलाई जथाभावी कुटपिट गर्दा उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाए लगतै घटनास्थलमा खटिएको प्रहरी टोलीले आरोपित शेर्पालाई खोजतलास गर्ने क्रममा फागुन २४ गते संखुवासभा नगरपालिका–७ को एक घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

हत्या आरोपमा पक्राउ परेका शेर्पाको सम्बन्धमा प्रहरी थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here