२२ जना दृष्टिविहिनलाई सेतो छडी वितरण

0
5

अर्जुनधारा ।

झापाको अर्जुनधारा नगर क्षेत्रका २२ जना दृष्टिविहिनलाई एक कार्यक्रमकोबिच सेतो छडी वितरण गरिएको छ ।

अर्जुनधारा जेसीज शनिश्चरे शाखा र युथ अफ खुदुनावारीको संयुक्त आयोजना र सहारा नेपाल साकोसको प्राविधिक सहयोगमा अर्जुनधारा–८स्थित देवकोटा चौक परिसरमा आयोजित कार्यक्रममा उनीहरुलाई उक्त छडी वितरण गरिएको हो ।

शाखाका अध्यक्ष वसन्त बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्षहरु कुमारप्रसाद उप्रेती, सीताराम भट्टराई र हरिशचन्द्र बाँस्तोला, सहारा नेपाल साकोस सञ्चालक समितिका सदस्य भोला बराललगायतले छडी वितरण गरेका थिए ।

शाखाका कार्यकारिणी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भवानी बरालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शाखाका महासचिव एवम् युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले गरेका थिए । कार्यक्रमका सहभागी लाभग्राहीहरुलाई शाखाकोतर्फबाट यातायात खर्च उपलब्ध गराइएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here