सशस्त्रको पाथीभरा जवान तालिम शिक्षालयको २१ औं स्थापना दिवस

0
7
कमल ।
सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयले आज विभिन्न कार्यक्रम गरी २१ औं स्थापना दिवस २०८०  मनाएको छ ।
शिक्षालयले  स्थापना दिवसका अवसरमा  सन्चालन गरेका  बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने २० जना सशस्त्र प्रशरी कर्मचारी तथा  बार्षिकोत्सवको अवसरमा आयोजित बिविध व्यवसायिक तथा खेलकुद प्रतियोगितामा उतकृष्ट हुने २१ जना लाई पुरस्कृत गरेको थियो ।
  २०३० सालमा झापाको रतुवामाई वृक्षारोपण आयोजनाको करिब एक सय  हेक्टर जग्गा सशस्त्र प्रहरी बल नेपाललाई उपलब्ध भए संगै यस ठाउँमा बिधिवत रुपमा तत्कालिन सशस्त्र प्रहरी बल पाथीभरा गणको स्थापना भएको थियो ।
 तत् पश्तात गणलाई  २०७५ साल माघ २० गते को मन्त्रीस्तरिय  निर्यणले  पाथिभरा जवान तालिम शिक्षालय झापाको नाममा परिबर्तन गरेको थियो । शिक्षालयले सशस्त्र प्रहरी जवान देखी सशस्त्र प्रहरी नायव निरीक्षक दर्जा सम्मका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आधारभूत तथा उन्नत तालीमहरु प्रदान गर्दै आईरहेको छ ।
  शिक्षालयको स्थापना भए पश्चात हाल सम्म  शिक्षालयले ४ वटा सशस्त्र प्रहरी जवान आधारभुत तालिम र विभिन्न ४० वटा उन्नत तालिमहरु संचालन गरि जम्मा २ हजार २ सय ४३ जना सशस्त्र  प्रहरी कर्मचारी लाई प्रशिक्षित गरेको  शिक्षालयले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय मानवश्रोत विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्दिष्ट सांगठनिक कार्यदेश लिएर स्थापित यस सशस्त्र प्रहरी बल, नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापाले स्थापनाकाल देखी हाल सम्म विभिन्न आरोह अबरोहहरुका बाबजुद उन्नत तथा आधारभुत तालिमहरु संचालन गरी देशको विभिन्न भुगोलमा परिचालन हुन सक्ने दक्ष जनशक्ति तयार गरी संगठनको आवश्यकता परिपूर्ति गर्दै आएको    अतिरिक्त महानिरीक्षक गौतमले बताए ।
राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरीले संगठनलाई प्राप्त कार्यादेश अनुरुप मानवश्रोत विभाग तथा प्रशिक्षण प्रतिष्ठानको प्रत्यक्ष मातहतमा रही दक्ष एवं व्यवसायिक जनशक्ति उत्पादन गर्दै आएको  बताए
कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राई गाउँपालिकाका  आईपरेका आगलागी, बाढी ,जंगली हात्ति नियन्त्रण जस्ता विपद्का समयमा सशस्त्र प्रहरी बाट पाएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा  गाउँपालिका र सशस्त्र प्रहरी बल सँग सहकार्य गरेर अगाडी बड्ने तर्फ गाउँपािलका  सधै तयार रहेको बताए ।
उपयुक्त भौगोलिक अवस्था, पर्याप्त अभ्यास ईलाका, सबै हतियारबाट फायर गर्न सकिने आफ्नै फायरिङ्ग रेञ्ज, यातायात तथा स्वास्थ्य सुविधाको सहज पहुँच, चुरे क्षेत्र, जंगल क्षेत्र संगै जोडिएको सबै किसिमको तालीम संचालन गर्न उपयुक्त भु–बनोट भएकोले एक नमूना शिक्षालयको रुपमा बिकास गर्दै लैजान सकिने सम्भावना  भएको सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका समावेशक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक कमल प्रसाद तिम्सिनाले बताए ।
  .
कार्यक्रममा दमक नगरपालिकाका उप–प्रमुख रेगिना भट्टराई प्रसाई, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका सचिव लक्ष्मी पौडेल, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला,नेपाली सेना नंम्बर २१ बाहिनी अड्डा तोपगाछीका बाहिनीपति सहायक रथी धन बहादुर थापा,सशस्त्र प्रहरी बल,नेपाल दन्तकाली बिशेष कार्य तालीम शिक्षालय सप्तरीका समादेश सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिग बिजय सुवेदी,कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको उपसिथती रहेको थियो ।
त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र गिरी,सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मातहतका गणपति,जिल्ला स्थित ईलाका प्रशासन, बिमानस्थल लगायतका बिभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधी,उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईलगायतको उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here