बिर्तामोडमा एभरेष्ट फ्रेस एण्ड फेसन मार्ट

0
7

बिर्तामोड ।

झापाको बाह्रदशी–३ राजगढमा रहेको एभरेष्ट हाइपर मार्केटले बिर्तामोडमा आफ्नो सेवा बिस्तार गरेको छ ।

चार वर्षअघि राजगढमा शुरु भएको मार्केटले स्थानीयको मन जितेसँगै बिर्तामोडको विशाल बजारमा तेस्रो शाखाको रुपमा एभरेष्ट फ्रेस एण्ड फेशन मार्ट सञ्चालनमा ल्याएको हो । पाँच करोड रुपैयाँ लगानी गर्दै युवा व्यवसायी चाँद महमदले सबै सामग्री एकैठाउँमा उपलब्ध गराउने गरी एभरेष्ट फ्रेस एण्ड फेशन सञ्चालनमा ल्याएका हुन् ।

१८ वर्ष साउदी अरव र दुवईमा काम गरेको अनुभवलाई चानले आफ्नै ठाउँमा प्रयोगमा ल्याएर मार्ट सञ्चालन गरेका हुन् । एभरेष्ट फ्रेस एण्ड फेशनको विहीवार बिर्तामोड नगरपालिका प्रमुख पवित्रादेवी महतरा प्रसाईले उद्घाटन गरेकी हुन् ।

एभरेष्ट मार्टका सञ्चालक चाँदको अध्यक्षमा भएको कार्यक्रममा स्वागत प्रेम घिमिरेले गरेका थिए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष राजु न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन आकाश क्षेत्रीले गरेका थिए ।

‘झापाको मुटु बिर्तामोड, बिर्तामोडको मुटु मुक्तिचौकमा मार्ट खोलेका छौं’– सञ्चालक चाँदले भने– ‘किफायती मूल्यमा गुणस्तरीय सामान दिन्छौं ।’ उनले निःशुल्क अनलाइन सेवासंगै टोल फ्री नम्बरसमेतको व्यवस्था गर्न लागिएको बताए ।

मनाङ, मुस्ताङसंगै पहाड र तराईका ताजा तरकारी तथा फलफूलहरु उपलव्ध गराउने आफ्नो उद्देश्य रहेको उनले सुनाए । कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष विशाल थापा, महासचिव कुशल खतिवडा , सदस्य सुष्मा उप्रेतीलगायतको उपस्थिति रहेको थियो । बिशाल बजारको २४ वटा सटरमा सो मार्ट सञ्चालन गरिएको जनाइएको छ ।

सोही कार्यक्रमकाबीच मार्टले नगर प्रमुख प्रसाईको जन्मोत्सव मनाएको छ । मार्ट परिसरमा बिर्तामोड उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष न्यौपाने र मार्ट सञ्चालक चादले सामुहिक रुपमा केक काटेर प्रसाईको जन्मदिन मनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here