हेम–सरिता पाठक फाउन्डेसन नेपालको विशेष भेला सम्पन्न

३ चैत्र २०८०, शनिबार मा प्रकाशित

काठमाडौं ।

हेम–सरिता पाठक फाउन्डेसन नेपालको भेलाले माझी समुदायका तीन अनाथ बालबालिका रसिला माझी, रचना माझी र रजिना माझीलाई १२ कक्षासम्म पढाउने तथा सम्पूर्ण दायित्व लिने निर्णय गरेको छ ।

फाउन्डेसनका प्रमुख संरक्षक समाजसेवी हेम पाठक र संरक्षक सरिता पाठकको विशेष पहलमा सो निर्णय गरिएको हो । यसैगरी नेपाल शाखाको थप सल्लाहकारमा वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गोपाल गड्तौला र दिपक भेटवाललाई मनोनयन गरिएको छ ।

यसैगरी संस्थाको कार्यसमिति सदस्यमा क्रमशः समिष्टा प्रसाईं, ज्ञानदेव थापा, युवराज थापा र आकाश अधिकारीलाई मनोनयन गरिएको छ । त्यसैगरी भ्रष्टाचार विरुद्धको नयाँ गीत तयारीबारे पनि छलफल गरिएको छ भने निकट भविष्यमैं भ्रष्टाचार विरुद्धको कविता, गीत र पत्रकारिता प्रतियोगिताको नतिजा सार्वजनिक गर्ने निर्णय पनि गरेको छ ।

हेम–सरिता पाठक फाउन्डेसन नेपालका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो भेलामा फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठक र संरक्षक सरिता पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, गोपाल गड्तौला, दिपक भेटवाल, सल्लाहकार मातृका पौडेल र बीबी अनुरागी, श्रीमान कार्की, दिपक राई, सुवास उप्रेती, समिष्टा प्रसाईं, गौरव पोखरेल, सरस्वती गौतम, पारु तिमिल्सिना, राधिका आचार्य, राम माझी, आकाश अधिकारी, ज्ञानदेव थापा, युवराज थापा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here