अर्जुनधारा–७ नं. वडा कार्यालयबाट विद्यार्थीलाई शैक्षिक सामग्री

0
7

अर्जुनधारा ।

झापाको अर्जुनधारा–७ नं. वडा कार्यालयले आइतबार एक कार्यक्रमकोबिच स्थानीय अरुणोदय आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक एवम् खेलकुद सामग्री वितरण गरेको छ ।

चालु आर्थिक वर्ष ०८०/०८१को स्वीकृत वडास्तरिय शैक्षिक गुणस्तर सुधार कार्यक्रम अन्र्तगत उक्त सामग्रीहरु वितरण गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले जानकारी दिए ।

वडा सचिव सस्मिता लुँइटेलका अनुसार वितरण गरिएको शैक्षिक सामग्रीहरुमा कपि, वर्णमाला, डटपेन, पेन्सिल, इरेजर, सापनर, स्किपिङ आदि रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार बराइली र वडाध्यक्ष खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडाध्यक्ष खतिवडा, वडा सदस्यहरु जानुका विश्वकर्मा, देवकुमार राई, पार्वतादेवी न्यौपाने र हरिबहादुर कटुवाललगायतले सामग्रीहरु विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

विद्यालयकी प्रधानाध्यापक उमादेवी खनालले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन शिक्षक बिमल पोर्तेलले गरेका थिए । कार्यालयले वडाका अर्का सामुदायिक विद्यालय अर्जुनधारा संस्कृति आदर्श माध्यमिक विद्यालयमा पनि सोही कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here