बाहुण्डाँगी जेसीजको आँखा शिविर सम्पन्न

0
4

बाहुण्डाँगी ।

बाहुण्डाँगी जेसीजको आयोजना तथा एसबि निकेतन गाडागल्लीको सह आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

काँकरभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोगमा शनिवार एसबी निकेतनमा आयोजित कार्यक्रममा १ सय ३३ जनाको आँखा परिश्रण गरिएको थियो ।

जसमा ८ जना सल्यक्रिया, ७ जना मोतिबिन्दु, १ जना आँखामा मासु पलाएको विरामीहरुको आँखा परिश्रण गरिएको थियो । यसैगरी ३३ जनालाई औषधी र १४ जनालाई चस्माको सिफारिस गरिएको मार्केटिङ पर्सन करण रायाले बताउनु भयो । उहाँहरुको आइ सेन्टरका अप्थोलोजिष्ट डाक्टर रोजल थापा आँखा परिश्रण गर्नु भएको थियो ।

आयोजक शाखाका अध्यक्ष देबु बानियाँको सभापतित्व तथा वडा नम्बर १ का वडा रामकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व वडा अध्यक्ष पासाङ तामाङ, एसबि निकेतनका प्रिन्सिपल दिपेश खड्का, संस्थापक हिम्मत क्षेत्रीलगायतको उपस्थितिमा शिविर सम्पन्न भएको हो ।

सामुदायिक क्षेत्रका उपाध्यक्ष पवन बराइलीको स्वागत रहेको कार्यक्रमको आस्थापाठ कार्यकारीणी उपाध्यक्ष शुष्मा मिश्र र सञ्चालन उपाध्यक्ष किरण गौतमले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here