अनिल सी भन्छन्– उदारवादको जन्मदाताले नै उदारवाद मान्दैन भने नेपालले किन मान्ने ?

0
6

झापा ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले उदारवादको अन्त्य नै अहिलेको सङ्कटको समाधान भएको बताएका छन् ।

शनिबार जनपत्रकार संगठन नेपाल केन्द्रीय समितिले झापाको विर्तामोडमा आयोजना गरेको वर्तमान आर्थिक(राजनीतिक सङ्कट र आम–सञ्चारमा यसको दुष्प्रभाव विषयक अन्तरक्रियामा बोल्दै अनिलले उदारवादको अन्त्य र समाजवादको स्थापना नै वर्तमान सङ्कटको समाधान भएको बताएका हुन् ।

नेपालको पञ्चायत सङ्कटमा परेपछि अमेरिकनलाई गुहारेर तत्कालिन अर्थमन्त्री प्रकाश चन्द्र लोहनीले नीतिगत रूपमा देशलाई उदारवादतिर डोर्याएका र यसको कार्यान्वयन वहुदलपछि नेपाली कांग्रेसका अर्थमन्त्री रामशरण महतले गरेका कारण अहिलेको सङ्कट आएको बताए ।

अमेरिकाले शुरू गरेको उदारवाद अहिले नमानेको भन्दै उनले नेपालले मानिरहन आवस्यक नभएको बताए । नेपालको विकास नहुनु र आर्थिक राजनीतिक रूपमा सङ्कट पैदा हुनु भनेको उदारवादको परिणाम हो । उनले भने–अहिले भारत, अमेरिकाले उदारवाद मानिरहेको छैन । उनीहरूलाई सङ्कट पर्दा उदारवाद मान्नेहरूले सुरू गरेको उदारवाद हामीले किन मान्ने ? यसको अन्त्य किन नगर्ने ‌।

उनले नेपालमा बजार विविधिकरण गर्दै उदारवादको अन्त्य गर्नुपर्ने बताए ‌‌ । परनिर्भरता अर्थतन्त्रले देशमा सङ्कट पर्यो, अन्तर्राष्ट्रिय व्यापार बढाउन भारतको निर्भरता तोडेर चीनका नाकाहरू खोल्नुपर्छ भन्दै उनले– त्यसका लागि नेपालले नीतिगत रूपमा पहल लिनुपर्छ । चीनबाट पशु चौपाया खरिद गर्नका लागि कानून छैन ‌। यस्ता थुप्रै कानून बनाएर भारतको परनिर्भरता अन्त्य गर्नुपर्छ–भने ।

नेपालले श्रम र कच्चा पदार्थ बेचिरहेको भन्दै त्यसले देश उभो नलाग्ने उनले बताए । कार्यक्रममा अनिल सीले वर्तमान आर्थिक–राजनीतिक सङ्कट र आम–सञ्चारमा यसको दुष्प्रभाव विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ‌‌‌‌। कार्यपत्रमा विभिन्न संघ, संगठनका प्रमुख तथा प्रतिनिधिहरुले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको अध्यक्षता जनपत्रकार संगठनका केन्द्रीय अध्यक्ष शेरबहादुर बिश्वकर्माले गरेका थिए भने सचिवालय सदस्य प्रविन अधिकारीले कार्यक्रम संचालन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई सचिवालय सदस्य शोभराज वरालले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here