अपराध अनुसन्धानमा अब्बल डीएसपी सुरज

1
39

बिर्तामोड ।

झापाको अर्जुनधारा–६ पुलचौक छेउमा रहेको बीग ब्रदर लेखिएको व्याटमिन्टन खेल्ने हलको ढोका एक महिलाको शव फेला प¥र्यो । यो घटना २०८० माघ ६ गते रातिको हो । महिलाको हत्या गरेर शव फ्यालिएको अवस्थामा माघ ७ गते बिहान स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक सुरज कार्की घटना स्थालमा आफैं खटिए ।

घटनाको प्रकृति हेर्दा कसैले हत्या गरेको हुन सक्ने आशंकामा डीएसपी कार्कीले अनुसन्धानलाई सुक्ष्म रुपमा अघि बढाए । उनले तालिम प्राप्त कुकुर तथा अनुसन्धानमा अब्बल प्रहरीको साथमा हत्यामा संलग्नको खोजी तिब्र बताए । डीएसपी कार्कीलाई हत्यामा संलग्न पक्राउ गर्नुपर्ने चर्को दबाब थियो । उनले त्यसलाई गहन र जिम्मबार रुपमा लिएर एक साता भित्रै महिलाको हत्यामा संलग्नलाई पक्राउ गरेर सार्वजानिक गर्न सफल भए ।

हत्यामा घटनामा संलग्न बिर्तामोड नगरपालिका–८ स्थित गरामनी स्थायी घर भई हालः बिर्तामोड–५ मा डेरा गरी बस्दै आएका ४६ वर्षीय चन्द्रप्रसाद प्रसाईँलाई पक्राउ गरी सार्वजनिक गरियो । प्रसाईँले अर्जुनधारा नगरपालिका–६ बस्ने ५० वर्षीया माया पुलामी मगरको ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानका क्रममा खुलेको डीएसपी कार्कीले बताए। अपराध अनुसन्धानमा काबिल अफिसरको छवि बनाएका डीएसपी कार्कीले इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेपछि अपराध नियन्त्रणमा ठूलो भूमिका निर्वाह गरे ।

उनले २०७९ माघ २६ गतेबाट इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हालेका थिए । १४ महिना बिर्तामोडको नेतृत्व सम्हादा उनले लागू औषध नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, विभिन्न संघ–संस्था, उद्योगी, ब्यवसायी तथा स्थानीयसंगको समन्वयमा बिर्तामोड, अर्जुनधारा, कनकाई नगरपालिका तथा बह्रदशी गाउँपालिका अर्थात इलाका प्रहरी कार्यालय अनारमनीको क्षेत्र भित्र अपराध नियन्त्रणमा डीएसपी कार्की सफल देखिए ।

१४ महिनाको अवधिमा ठूला अपराधका घटना नभएको र अपराध भएका घटनाहरुमा पनि प्रहरीले सुक्ष्म अनुसन्धान गरेर अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सपफल भएको डीएसपी कार्कीको भनाई छ । पश्चिम नेपालका विभिन्न जिल्ला, अपराध अनुसन्धान महाशाखा तथा विभिन्न क्षेत्रमा कुशलता पूर्वक जिम्मेवारी निर्वाह गरिसकेका डीएसपी कार्कीको जिल्ला प्रहरी कार्यालय नुवाकोट सरुवा भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्वमा रहँदा उनले बिर्तामोडमा भएका विभिन्न आन्दोलन, पहिचानका आन्दोलन, धार्मिक आनदोलन, राष्ट्र राष्ट्रियता धर्मसंस्कृति महाअधियान लगायतका आन्दोलनमा समन्वयात्मक भूमिका निर्वाह गर्दै कुनै पनि अप्रिय घटना नभएको पाइएको छ । डीएसपी कार्की भन्छन्– ‘१४ महिना इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाल्दा यहाँ धेरै कुरा सिक्ने अवसर पाएँ । सबै राजनीतिक दलको साथ, संघ–संस्थाको सहयोग, स्थानीय नागरिकको साथ तथा पत्रकारको रचनात्मक सहयोगकै कारण अपराध नियन्त्रणमा सफल बन्न सकियो ।’

डीएसपी कार्कीले बिर्तामोड क्षेत्र मात्र नभई पछिल्लो समय झापामा लागूऔषधको प्रयोग तथा कारोबार बढेकाले सबै मिलेर यस विरुद्ध लाग्नुपर्ने बताए । उनले लागू औषधकै कारण अपराधका घटनामा वृद्धि हुने भएकाले सबै सचेत बन्नुपर्ने बताए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here