राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापाको समिति गठन

0
15

बिर्तामोड ।

राष्ट्रिय प्रजातान्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक पूर्व प्रहरी परिषद झापाको अध्यक्षमा अम्बिका पोख्रेल चयन भएका छन् ।

प्रथम जिल्ला अधिबेशनको राप्रपा नेता तथा संसद भक्ति सिटौलाको प्रमुख आतिथ्यमा भएको थियो । अधिबेशनले पोख्रेलको अध्यक्षतामा २१ सदस्य झापा जिल्ला समिति गठन गरेको हो ।

अधिवेशनबाट सह–अध्यक्ष देवीभक्त आर्चाय, उपाध्यक्षमा देवराज परियार र नरेश कार्की सचिवमा सार्कीधन राई, सह–सचिवमा दुर्गाबहादुर विक, कोषाध्यक्षमा हेम लिङदेन र प्रवक्तमा जनक खड्क चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा डिल्लीराम पौड्याल, तेजबहादुर घतानी, हरिप्रकाश घिमिरे, भुवन श्रेष्ठ, भोजकुमार मास्के लगायत रहेका छन् ।

त्यस्तै खेम कर्कीको संयोजकत्वमा ५ सदस्य सल्लाहकार समिति गठन भएको बताइएको छ । समितिको सदस्यहरुमा नारायण कोइराला, मोहन विक्रम मल्ल, हरिप्रसाद सेढाई र बलबहादुर श्रेष्ठ रहेका छन् ।

राप्रपा सम्बद्ध पूर्व प्रहरीहरुको भेलाले संगठनलाई अझ विस्तार गर्दै अघि बढ्ने निर्णय भएको बताइएको छ । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष केशव ओझा लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here