अनारमनीका डीएसपी कार्कीलाई सम्मानसहित बिदाई

0
7

बिर्तामोड।

कनकाई नगरपालिका वडा नं. ८ र लक्ष्मीपुरका व्यवसायीले इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीलाई सम्मानसहित विदाई गरेका छन् ।

वडा नं. ८ का वडाध्यक्ष लीलाबहादुर कटुवालको अध्यक्षतामा वडामा आयोजित कार्यक्रमकाबीच कार्कीलाई सम्मानसहित विदाई गरेका हुन् ।

विदाई समारोहमा बोल्दै वडाध्यक्ष कटुवालले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न इलाका प्रहरी कार्यालय अनारमनी र मातहतका सबै युनिट सक्रिय रहेको भन्दै कार्कीलाई सम्मान सहित विदाई गरिएको थियो । कार्कीले लागूऔषध न्यूनीकरणमा खेलेको भूमिकासमेत प्रभावकारी देखिएको वडाध्यक्ष कटुवालले बताए ।

कार्यक्रममा बालुवाटार रिसोर्टका सञ्चालकद्वय मोहन लुइँटेल, टेकबहादुर बस्नेतलेसमेत डीएसपीको भूमिका प्रभावकारी रहेको र अपराध न्यूनीकरणका क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका थिए । कार्यक्रममा व्यवसायी प्रकाश निरौला, अग्नि दहाल लगायतले समेत विदाई भएका डीएसपी कार्कीलाई आगामी दिन अझ सुखद बनोस भन्दै शुभकामना दिएका थिए ।

यसअघि अजुर््नधारा नगरपालिकाले समेत कार्कीलाई सम्मानसहित बिदाई गरेको थियो । नगरपालिकामा आयोजित कार्यक्रमकाबीच नगर प्रमुख बलदेवसिंह गोमदेन, उपप्रमुख खड्गमाया पराजुली, वडाध्यक्षसहितका जनप्रतिनिधिले संयुक्त रुपमा विदाई गरेका थिए ।

त्यस्तै बिर्तामोडका विभिन्न संघ संस्थाले समेत कार्कीलाई बिदाई गरेको थियो । उनी प्रहरी प्रधान कार्यालय काठमाडौं सरुवा भएका छन् । यसअघि नुवाकोट सरुवा भएका कार्कीले प्रहरी प्रधान कार्यालय सरुवा मिलाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here