बेइजिङलाई उछिनेर मुम्बई बन्यो एसियामा अर्बपतिहरूको ‘राजधानी’

0
9

काठमाण्डौं ।

भारतको वित्तीय केन्द्र मुम्बई एसियामा सबैभन्दा धेरै अर्बपति हुने सहर बनेको छ। सांघाईस्थित हुरुन रिसर्च इन्स्टिच्युटले सोमबार सार्वजनिक गरेको सूचीअनुसार पहिलोपटक मुम्बईले बेइजिङलाई पछि पारेको हो।

मुम्बईमा यो वर्ष ९२ जना अर्बपति छन्। त्यसभन्दा अगाडि न्युयोर्कमा ११९ र लन्डनमा ९७ जना अर्बपति छन्।

समग्रमा भारतमा २७१ अर्बपति छन्। २०२३ मा भारतको अर्थतन्त्र ७.५ प्रतिशतले बढ्दा ९४ जना अर्बपति थपिएका छन्। भारतको सबैभन्दा धनी भने मुकेश अम्बानी छन्। उनीसँग ११५ अर्ब डलर सम्पत्ति छ भने गौतम अदानीसँग ८६ अर्ब डलर छ।

सबैभन्दा धेरै अर्बपति हुने मुलुकमा भने चीन कायम छ। उसँग ८१४ अर्बपति छन्। तर, २०२२ को तुलनामा १५५ जना अर्बपतिको संख्या घटेको छ। ६३ अर्ब डलरसहित चोङ सानसान चीनका सबैभन्दा धनी व्यक्ति बनेका छन्।

२०२३ मा १०९ जना अर्बपति थपिएपछि अमेरिकासँग ८०० अर्बपति पुगेका छन्। अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्सको क्षेत्रमा लगानी गरेका मानिसहरू धनीको सूचीमा थपिनेमा छन्।

यसपटक गायिका टेलर स्विफ्ट पनि १.२ अर्ब डलरसहित अर्बपतिको सूचीमा अटाएकी छन्। पछिल्लो पटक उनले गरेको एराज् टुरबाट मात्र १९ करोड डलर र त्यो कन्सर्टको फिल्मबाट ३.५ करोड डलर उनले कमाएकी छन्। एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here