माईखोलामा डुवेर एक युवकको ज्यान गयो

0
10

विमल दहाल/चेप्टी ।

इलाम माई नगरपालिका वडा नम्बर-२ चेप्टी स्थित माईखोलामा डुवेर एक युवाको शुक्रबार ज्यान गएको छ।

ज्यान गुमाउनेमा झापा शिवसताक्षी नगरपालिका वडा नम्बर-४ लालपानीका २१ बर्षिय मुकेश ढकाल रहेको लोदिया प्रहरी चौकी दानाबारीका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक कैलाश कुमार केसीले जानकारी दिनुभयो ।

झापावाट तीनवटा मोटरसाइकलमा हेप्पी ड्रिम्स चेप्टी घुम्न आएका मृतक ढकाल सहित उनकै सानिमा, मामा र फुपुका छोराहरु हेप्पी ड्रिम्स चेप्टी नजिकै रहेको माईखोलामा पौडी खेल्न गएका थिए। साथिहरु संग छुटेर पौडी खेल्न गएका ढकाललाई अपरान्ह १२ बजे माईखोलाको दहमा मृत अवस्थामा फेला पारिएको थियो।

मृतक ढकाल भारत पढ्दै आएको भएपनि केहि दिन अघि झापा घर आएका थिए। मृतक ढकालका बुवा भारतमा र आमा दुवईमा रोजगारीमा रहेका छन । ढकाललाई प्रहरी र स्थानीयवासीको सहयोगमा दहवाट निकालेर पोष्टमार्टमका लागि मेची प्रदेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here