महागुरु शालिक तोडफोड कार्यको विरोध

0
6

दमक ।

किरात धर्म तथा साहित्य उत्थान संघ र किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय समितिले पाँचथरको सिलौटीमा अवस्थित महागुरु फाल्गुनन्द लिङदेनको समाधिस्थलसँंगै शालिक राख्ने कार्यमा भइरहेको अर्नगल प्रचारवाजीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

दुवै संस्थाले शुक्रवार दमकमा पत्रकार सम्मेलन गरी सिलौटीमा रहेको राष्ट्रिय विभूति महागुरुको समाधिस्थल तोडफोड नगरि आफ्नै जमीनमा शालिक राख्ने कार्यले त्यहाँको धार्मिक पर्यटन, प्रवद्र्धनमा समेत थप टेवा पुग्ने स्पष्ट पारेको छ ।

किरात धर्म सत्यहाङमा सेवा संघ केन्द्रीय कार्यालय इलामले गत चैत १० गते दमकमा पत्रकार सम्मेलन गरी किरात धर्म सम्बन्धी गलत प्रचार गरेकोमा आपत्ति जनाउँदै दुवै संस्थाले त्यस्तो धारणा सारेका हुन् । यसअघि विहीबार मात्र दुवै संस्थाले इलाममा पत्रकार सम्मेलन गरि संस्थागत धारणा सार्वजनिक गरेका थिए ।

किरात चोत्लुङ मुहिङगुम अङसी माङगेन्ना सेवा समितिका अध्यक्ष केहेरसिंह योङहाङले महागुरुसँग सम्बन्धित विषयलाई सत्य तथ्य तोडमोड गरि किरात धर्मावलम्बीहरुलाई भ्रमित बनाउने कार्य ठीक नभएको बताए । महागुरुको महान उद्देश्य विश्वशान्ति तथा मानव एकता कायम गर्नु नै भएको भन्दै उनले त्यसै कार्य अन्तर्गत हालसम्म देशैभरि १०२ वटा माङहिम , ३३ वटा महागुरुको शालिक स्थापना भइसकेको उनले बताए । सिलौटीमा त्यसै अनुसार शालिक राख्ने कार्य भएकोमा त्यसो हुन नदिन कथित किरात धर्म सत्यहाङमा सेवा संघले अवरोध पुरयाएको उनको भनाइ थियो ।

उनका अनुसार हामीलाई शालिक राख्न सो समूहबाट अवरोध मात्र नभएर शसस्त्र प्रतिरोध गर्नेदेखि गुरु आत्मानन्द माथिसम्म मुद्दा चलाउने सम्मका हर्कत भएको छ । उनले भने, –‘यो शोभनीय हुदै होइन, यसतो कार्यले सिंगो किरात धर्म माथि चोट पुरयाँएको छ’ उनले आफूहरु माथि उल्टै अनर्गल मुद्दा लगाएर दुःख दिएपनि यसबारे प्रशासन गम्भीर नभएको जिकीर गरे । यो विषयमा प्रशासनले तदरुकता देखाउनु पर्ने उनले सुनाए ।

चोत्लुङका अध्यक्ष योङहाङ र किरात धर्म तथा साहित्य उत्थान संघका कार्यवहाक अध्यक्ष प्रेमकुमार सिप्तुङखाद्धारा जारी विज्ञप्तिमा लेखिएको छ –इलामको चुलाचुली हात्तिलेदामा छुट्टै माङहिम बनाई आफ्नै डिजाइनमा गुरु खोज्ने र राख्ने क्रम शुरु गरिएको सो संस्थाको हैसियत हामी माझ घामझै छर्लङ छ । यसरी गुरु खोजेर राख्ने क्रममा ज्योतिनन्द, विद्यानन्द हुँदै फुङलिङ ज्योतिदेखि प्रभुदासी हुँदै ओमनन्दसम्म र मिनु कैलाशदेखि देउबहादुर तुम्बापोसम्मलाई गुरु बनाउने र हटाउने कार्य गरेको देखिन्छ । साथै केहीँ गुरुको घोरअपमान समेत गरेको विभिन्न घटना परिघटनाले समेत महागुरुको सच्चा अनुनायी हुनै नसक्ने पुष्टि हुन्छ ।’

पत्रकार सम्मेलनमा संघका कावा अध्यक्ष सिप्तुङखा, किरात चोत्लुङ मुहिङगुम अङसीमाङगेन्ना गुरु केन्द्रीय सचिव शक्तिकुमार सावाँ, गुरु आत्मानन्द लिङदेनका कानूनी सल्लाहकार भिम खत्री लगायतले किरात धर्मका महागुरु फाल्गुनन्दको समाधिस्थलमा शालिक राख्ने कार्यमा भएको भ्रम तथा हुल हुज्जतको आक्रमणले असुरक्षा पैदा गरेको उल्लेख गरेका थिए ।

उनीहरुले सामुदायिक बन, फाल्गुनन्द गाउँपालिका फिदिम नगरपालिका लगायतका सरोकार पक्षहरु सहकार्य गरी कार्य शुरु गरेको भएपनि सो समूहको उद्दण्ड हर्कतले शालिक तोडफोड , झण्डा च्यात्ने कार्यले सिंगो किरात धर्मावलम्बीहरुलाई चोट पुगेको उल्लेख गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here