शिक्षक महासघ मेचिनगरको पद हस्तान्तरण तथा सम्मान

0
6

चारआली ।

नेपाल शिक्षक महासंघ मेचिनगरको दोश्रो पद हस्तान्तरण एबम् सम्मान कार्यक्रम सम्पन्न भएको छ।

धुलाबारी माबिमा आज सम्मानसहित पद हस्तान्तरण गरिएको हो । कार्यक्रममा सम्मानित हुनेहरुमा धुलाबारी मबिका प्रअ महेन्द्र बिलास लुइँटेल ,शहीद दशरथचन्द माबिका पूर्व प्रअ रमेशकुमार सापकोटा र कांकरभिट्टा माबिका विद्यालय कर्मचारी बिष्णुलाल पाण्डे रहेका छन् ।

रुद्र सग्रौलाले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि महासघ नगर अध्यक्ष लेखनाथ पौडेलले गरेका थिए। त्यसैगरी होमराज ढकालको अध्यक्षतामा २१ सदस्यीय नवनिर्वाचित टिमलार्इ पदहस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

नेपाल शिक्षक सघका कोशी प्रदेश अध्यक्ष तेजप्रसाद चम्लागार्इले निर्वाचित समितिका सम्पूर्ण पदाधिकारीहरुलार्इ सपथ ग्रहण गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here