‘पीसमेकर’ मोदीलाई पुटिन र जेलेन्स्कीको निमन्त्रणा

0
9

नयाँ दिल्ली, एजेन्सी ।

अशान्त क्षेत्रलाई शान्ति प्रक्रियाद्धारा समाधान गर्न “पीसमेकर” को भूमिकामा रहनुभएका भारतीय प्रधानमन्त्रीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस भ्रमणको लागि निमन्त्रण गरेको मिडिया रिपोर्टमा भनिएको छ ।

मिडिया रिपोर्टका अनुसार “पीसमेकर” को भूमिकामा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी राष्ट्रपति पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आ आफनो देशमा आउन आग्रह गरेको हो ।

मोदीले बुधबार रुसी र युक्रेनी राष्ट्रपतिहरू, भ्लादिमिर पुटिन र भोलोडिमिर जेलेन्स्की सँग अलग–अलग फोन कलमा कुराकानी गरेको जनाइएका छन् । जारी द्वन्द्वको बीचमा दुवै नेताले भारतीय प्रधानमन्त्रीलाई आ–आफ्नो देशको भ्रमण गर्न निम्तो दिएको मिडिया रिपोर्टले जनाएको छ ।

छुट्टाछुट्टै टेलिफोन वार्तालाई प्रधानमन्त्री मोदीलाई शान्ति निर्माताको रूपमा विश्व समुदायले हेरिरहेको छ ।
एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here