पथरी शनिश्चरेमा सिंचाईको लागि बोरिङ मोटर सहयोग

0
15

पथरीशनिश्चरे,

अति सुख्खा क्षेत्रका किसानहरुलाई सिंचाई सुविधा उपलव्ध गराउन पथरीशनिश्चरे वडा नम्वर ०२ को कार्यलयले खोलाबाट पानी तान्ने सब-मर्सीबल मोटर सहित बोरिंग मोटर सहयोग गरेको छ।

उक्त वडा कार्यालयले वडा भित्रका विभिन्न सिंचाई सुविधा उपलव्ध नभएका क्षेत्रमा बस्दै आएका किसानहरूको कृषि पेशालाई संरक्षण , प्रवर्द्धन तथा सिंचाई सुविधा उपलव्ध गराई उत्पादन बढाउने उद्देश्यले सो मोटर सहयोग कार्यक्रम संचालन गरेको हो।

सो वडा कार्यालयले कसेनी टोल , नवज्योती टोल र लाटी होली टोल आदि विभिन्न टोलका किसानहरुलाई ४ वटा ३ ईन्चको सबमर्सीबल मोटर सहित कुल १२ वटा बोरिङ मोटर सहयोग गरेको छ।

यस बर्ष मात्रै यस वडाले १२ जना किसानहरूलाई ४ वटा खोलाबाट पानी तान्ने सबमर्सीबल मोटर सहित बोरिङ मोटर उपलब्ध गराएर सहयोग गरेको वडाध्यक्ष नैना साम्पाङ राईले बताउनुभयो।

सो कार्यक्रम कार्यान्वयनको चरणमा रहेको भन्दै उहाँले चालु आर्थिक वर्षमा वडा कार्यालयले बोरिङ मोटर सहयोग कार्यक्रम संचालन गर्न २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाउनुभयो।

त्यतिबेला वडा कार्यालयका जनप्रतिनिधिहरूको टोलीले ति कृषक समूहबाट बोरिङ मोटर जडान भएको वा नभएको बारेमा पनि अनुगमन तथा निरीक्षण गरि रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here