६७ औं राष्ट्रिय सहकारी दिवस : उत्कृष्ट तीन सहकारीलाई सम्मान

0
15

झापा । जिल्ला सहकारी संघ झापाले ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर  तीन उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ । 


न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको प्रमुख आतिथ्यमा बिर्तामोडमा आयोजित कार्यक्रमकाबीच  नेपालकै उत्कृष्ट सहकारी सहारा नेपाल सहित जिल्लामा सञ्चालित  तीनवटा सहकारीलाई सम्मान गरिएको हो ।  

  बिर्तामोडस्थित सिटी सेन्टर परिसरमा आयोजित कार्यक्रमकैबीच  देशकै सबैभन्दा ठूलो सहकारी सहारा नेपाल सकोस्, दोस्रो नेपाल बहुउद्देश्यीय सहकारी संस्था र नबौं स्थानमा पर्न सफल कर्णाली सहकारीलाई सम्मान गरिएको थियो ।

सहारा नेपालका अध्यक्ष हरिबहादुर राजवंशी , प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद शिवाकोटी र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती तथा कर्णाली सहकारीका अध्यक्ष टसवहादुर श्रेष्ठ र कार्यकारी प्रमुख कुमार याक्सोलाई प्रमुख अतिथि गिरीले सम्मान गरेका थिए । 

 


जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि गिरी, राष्ट्रिय सहकारी महासङ्घका निर्वतमान अध्यक्ष मिनराज कडेल , बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, नेकपा एमाले झापाका नव निर्वाचित अध्यक्ष  प्रेमवहादुर गिरी र नेकपा (माओवादी केन्द्र) झापाका अध्यक्ष राजु आचार्य (अग्नि) लगायतले सहकारी संस्थालाई व्यवस्थित गर्दै  लानु पर्नेमा जोड दिएका थिए ।
सोही कार्यक्रमका बीच राष्ट्रिय सहकारी महासङ्घका निर्वचन अध्यक्ष मीनराज कँडेललाई सम्मान  गरिएको थियो भने संघले प्रकाशन गरेको  सहकारी स्मारिका समेत विमोचन गरिएको थियो । कार्यक्रमको सञ्चालन संघका सचिव भवानीप्रसाद दङ्गालले गरेका थिए ।  


कार्यक्रममा विभिन्न जात जातिको पहिचान झल्कने झाँकी प्रर्दशनी गरिएको थियो । कार्यक्रम अघि झापाका विभिन्न स्थानमा सञ्चालित सहकारीका प्रतिनिधिहरूले प्रभात फेरीको आयोजना गरेका थिए ।
कार्यक्रम अघि बिर्तामोडस्थित उत्तर तर्फ महानन्द चौक,  पश्चिम तर्फ भगवान चौक, दक्षिण तर्फ बिर्ता वजार र पूर्व तर्फ बस पार्क क्षेत्रबाट विभिन्न २९ वटा नारा सहितको  प्लेकार्ड र झाकी सहितको  ¥याकी आयोजना गर्दै कार्यक्रम स्थलमा सहकारी कर्मी पुगेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here