दिल्ली पब्लिक स्कूलमा नेपाली विद्यार्थीलाई छात्रबृत्ति सहित अध्ययन गर्ने अबसर

0
11

झापा । भारतको जलपाईगढी जिल्लामा रहेको दिल्ली पब्लिक स्कूल (डीपीएस) फूलवारीले नेपाली विद्यार्थीलाई विशेष छात्रबृत्ति सहित अध्ययन गर्ने अबसर प्रदान गर्ने भएको छ ।
बिर्तामोडमा बुधवार पत्रकार सम्मेलन गरी विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रकास पार्दै विद्यालयका ‘एड्मिसन इञ्चार्ज’ निर्णय बाग्चीले आगामी शैक्षिक सत्रमा बढीभन्दा बढी नेपाली विद्यार्थीलाई अबसर प्रदान गर्र्ने बताए । उनले हाल यो विद्यालयमा दार्जिलिङ , सिक्किम, बंगलादेश र भुटानबाट समेत धेरै विद्यार्थीहरु अध्ययनका लागि आउने गरेको धारणा राखे ।
बर्षेनि नेपालबाट धेरै विद्यार्थीहरु भारतका विभिन्न राज्यमा गएर अध्ययन गरेपनि नेपालको पूर्बी सिमाना काँकरभिट्टाबाट ३३ किलोमिटरको दूरीमा रहेको डीपीएस फूलवारीमा कमै मात्र नेपाली विद्यार्थी पुग्ने गरेकाले नेपाली विद्यार्लीलाई विद्यालयमा अध्धयन गर्ने अबसर प्रदान गर्न लागिएको बाग्चीले बताए ।
डीपीएस फूलवारीमा अन्तराष्ट्रिय स्तरको इन्फ्रस्ट्रचर, शैक्षिक र खेलकुद गतिविधि हुने गरेको बताउँदै विद्यालयका शिक्षक ध्रीतिमान विश्वासले भने – अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तरलाई ध्यानमा राख्दै विद्यालयले गत तीन वर्षदेखि लगातार वोर्ड परीक्षामा सत प्रतिशत नतिजा प्राप्त गरेको र गत वर्ष विद्यालयले बेष्ट इर्मजिङ्ग स्कूलको वर्गीकरण अन्तरगत सर्वभारतीय स्तरमा सातौं र पश्चिम वंगालमा दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ । यो हाम्रा लागि गौरवको विषय हो ।
विद्या भारती फाउण्डेशन अन्तरगत रहेका तीन वटा स्कूल मध्येको एक डीपीएस फूलवारी सिलगढी नजिकै जलपाईगढीमा सन २०१८ मा स्थापना भएको विद्यालय रहेको विद्यालयका शिक्षक सुवाश क्षेत्रीले बताए । उनले डीपीएस स्कूलमा नेपालबाट आएर नेपाली भाषा अध्ययन गर्न चाहने विद्यार्थीका लागि दोस्रो र तेस्रो नेपाली भाषा अध्ययन गर्ने सुविधा रहेको जानकारी दिए । उनले विद्यालयले विद्यार्थीहरुका लागि पढाईसहित अतिरित्त क्रियाकलावलाई समेत अगाडि बढाएको र विद्यार्थीहरुले विभिन्न खेलकुद सिकेर जिल्ला, राज्य र राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा प्रतिष्पर्धा समेत गर्न पठाउने गरेको बताए । विद्यालयमा सवल पक्ष भनेको कक्षा प्ले ग्रुपदेखि कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि एउटै शुल्क रहेकाले अभिभावकलाई भार नपर्ने क्षेत्रीले बताए ।
विद्यालयमा विद्यार्थीहरुका लागि अध्ययन गर्ने वातावरण राम्रो भएको र अनुभवी र विषय विज्ञ शिक्षकहरु रहेकाले विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउने बताउँदै क्षेत्रीले विद्यालयले सिनियर सेकेण्ड्रीमा १८ वटा विषय राखेकाले विद्यार्थीहरुले आफ्ना रुची अनुसारका विषय छान्न पाउने र विद्यार्थीहरुलाई उनीहरुको लक्ष्य पाउनका लागि के कसरी पढ्नु पर्ने हो भन्ने विषयमा एकाडेमिक काउन्सिलिङको समेत सुविधा उपलब्ध गराएको जानकारी दिए ।
आठ एकड जमिनमा फेलिएको डीपीएस फूलवारी स्कूलमा अध्याधुनिक सुविधा सम्पन्न छात्रवास रहेको र त्यहाँ विद्यार्थीहरुको पढाई , खानपान, खेलकुद र अनुशासनमाथि विशेष ध्यान दिइएकाले विद्यार्थीहरुलाई सुरक्षित रहने बातावरण रहेको क्षेत्रीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here