राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

२१ चैत्र २०८०, बुधबार मा प्रकाशित
काठमाडौँ,
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो ।
उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।
उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो  ।
राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।
प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here